Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

श्रीलंकामा भीषण बाढी, ६०० भन्दा बढी परिवार प्रभावित

श्रीलंकामा शनिबारदेखि जारी रहेको अविरल वर्षाका कारण भीषण बाढी आएको छ । सो बाढीपछि श्रीलंकाका विभिन्न स्थानमा पहिरोसमेत गरेको छ । 

 


राजधानी कोलम्बोबाट दक्षिणमा रहेको रतनपूरा जिल्लामा बाढीको प्रकोप बढी देखिएको छ । यस प्रकोपमा परेर ६०० भन्दा बढी परिवारका २ हजार २९० जना विस्थापित भएका छन् । 

 


यहाँका मौसमसम्बन्धी अधिकारीले वर्षा अझै जारी रहने भएकाले सतर्कता अपनाउन भनेका छन् ।

 

सो जिल्लाका ८२ भन्दा बढी घर भत्किएका छन् भने अरु भौतिक संरचनामा पनि बाढीले क्षति पुर्‍याएको छ ।

 

सो बाढीका कारण आएको पहिराका साथै वर्षा जारी नै रहेकाले यहाँको धेरै क्षेत्र प्रभावित बनाउन सक्ने अनुमान छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै