Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

श्रीलंकामा पुनः आपतकाल घोषणा 

आर्थिक तथा राजनीतिक रुपमा सङ्कटमा फसेको श्रीलङ्काका राष्ट्रपति गोताबाय राजपाक्षले पुनः आपतकाल घोषणा गरेका छन् । 

 


शुक्रबार मध्यरातदेखि लागू हुने गरी सङ्कटकाल घोषणा गरिएको सरकारी अधिकारीहरूले बताएका छन् ।  

 


राष्ट्रपति गोताबाय राजपाक्षले आर्थिक तथा राजनीतिक सङ्कटलाई व्यवस्थापन गर्न आपतकाल लागू गर्नु परेको स्पष्ट पारेका छन् । 

 


आर्थिक तथा राजनीतिक सङ्कटका विरुद्धमा जनआक्रोश र आन्दोलन बढ्दै गएपछि त्यसलाई नियन्त्रण गर्न सरकारले आपतकाल घोषणा गरेको हो ।

 


सार्वजनिक सुरक्षा र जीउ धनको रक्षाका लागि आपतकाल लगाउनु अत्यावश्यक भएको राजपत्रमा प्रकाशित सूचनामा उल्लेख छ ।

 

 

आन्दोलनकारीले ढुवानी तथा आवत जावत समेत अवरोध गरेको र कतिपय सेवा प्रवाहमा समेत समस्या उत्पन्न भएकोले अवरोध हटाउन र सेवा प्रवाहलाई सहज गराउन आपतकाल लगाउनु परेको राजपाक्षको भनाइ छ ।

 

 

सरकारले आपतकाल घोषणा गरेर जनताको आवाजलाई नियन्त्रण गर्न खोजेको र नागरिक अधिकार कुण्ठित गरेको भन्दै कतिपयले भने विरोध गरेका छन् ।  

प्रतिक्रिया

सम्बन्धित समाचार सबै