
परराष्ट्रमन्त्री डा. नारायण खड्काले नेपालको विकासको लागि जापानको सहयोेग महत्वपूर्ण रहेको बताएका छन् ।
शनिबार नेपाल जाईका अलमनाई एशोसिएशनले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले नेपालको विकास साझेदारीमा जापान सरकारको सबैभन्दा ठूलो योगदान रहेको बताएका हुन्। मन्त्री खड्काले जापानले नेपाललाई विना शर्त सहयोग गर्दै आएको बताए ।
उनले जापानले समृद्धिका लागि हासिल गरेको ज्ञान, सीप र अनुभव नेपालका लागि अति उपयोगी हुने बताए ।
खड्काले जापानमा गएका नेपालीहरुले हासिल गरेका ज्ञान, सीप र अनुभव नेपालले उपयोग गरेर अघि बढनुपर्नेमा जोड दिए ।
उनले जापानले नेपालको विकासमा पुर्याउँदै आएको सहयोगको पनि खुलेर प्रशंसा गरे ।
उनले भने, ‘जापानले हामीलाई अप्ठ्यारो परेको बेलामा चाहे भूकम्पको बेलामा होस्, चाहे कोभिडको बेलामा होस् । जापानले धेरै ठूलो मानवीय सेवा उपलब्ध गराएको छ । यसका लागि पनि म जापान सरकारलाई नेपाली जनता र नेपाल सरकारको तर्फबाट हार्दिक हार्दिक धन्यवाद दिन चाहन्छु ।’
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit