Tuesday, 08 October 2024 | २०८१ असोज २२, मङ्गलबार

भारतीय सांस्कृतिक सम्बन्ध परिषदका अध्यक्ष र राष्ट्रपतिबीच भेटवार्ता 

भारतीय सांस्कृतिक सम्बन्ध परिषद्का अध्यक्ष डा. विनय सहस्रबुद्धेले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् । दुई दिने भ्रमणका लागि मंगलबार काठमाडौं आइपुगेका उनले बुधबार प्रधानमन्त्री शेरबहादुर देउवा र शिक्षामन्त्री देवेन्द्र पौडेलसँग पनि भेटवार्ता गरेका छन् । 

 


भेटको क्रममा उनले दुई देशबीचको सांस्कृतिक सम्बन्ध प्रवद्र्धन एवम् शैक्षिक आदानप्रदान सुदृढ गर्ने विषयमा छलफल गरेका थिए । 

 


भ्रमणको क्रममा सहस्रबुद्धे बुधबार अन्तर्राष्ट्रिय योग दिवस २०२२ को सरुवाती कार्यक्रमको रुपमा युनेस्को सम्पदा सूचीमा सूचीकृत पशुपतिनाथ मन्दिर परिसरमा आयोजित कार्यक्रममा सरिक भएका थिए । 

 


जारी ‘आजादीका अमृत महोत्सव’ को कार्यक्रमको रुपमा पशुपति क्षेत्र विकास कोष र पतञ्जली योगपीठसँगको सहकार्यमा भारतीय राजदूतावास, काठमाडौं अन्तर्गतको स्वामी विवेकानन्द सांस्कृति केन्द्रले सो कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा पतञ्जली योगपीठ, काठमाडौंका झण्डै १५० जना योग पारखीको सहभागिता थियो । 

 

 


आईसीसीआर छात्रवृत्तिअन्तर्गत भारतमा अध्ययन गरेका नेपालीसहित अन्य नेपाली विद्यार्थीलाई जोड्ने ‘सम्पर्क भारत–नेपाल भूतपूर्व विद्यार्थी सञ्जाल’ का २०० भन्दा बढी सदस्यसँग डा. सहस्रबुद्धेले  कुराकानी गरेका थिए ।

 

 

पूर्व विद्यार्थीलाई सम्बोधन गर्दै उनले नेपाल–भारत सम्बन्धलाई मजबुत बनाउन नेपाली विद्यार्थीले निर्वाह गरेको महत्वपूर्ण भूमिकाबारे चर्चा गरेका थिए । 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै