Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

सैन्य कार्यक्रम एसपीपीमा नेपालसँग सहकार्य गर्न खोज्दै अमेरिका

फाइल तस्बिर

अमेरिकाले आफ्नो सेना र नेपाली सेनाबीच सहकार्यसम्बन्धी स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) मा नेपालसँग सम्झौता गर्न चाहेको खुलेको छ ।अमेरिकाले सन् २०१५ मा नै यस्तो प्रस्ताव नेपालसमक्ष राखेको हो । तर, हालसम्म नेपालले उक्त सम्झौतामा हस्ताक्षर गरेको भने छैन । 

 

रक्षा मन्त्रालयका पदाधिकारीका अनुसार उक्त सम्झौतामा हस्ताक्षर गर्न अमेरिकाले विभिन्न छलफलमा जोड दिँदै आएको छ । पछिल्लो समय नेपाल पनि यस विषयमा सकारात्मक देखिएको थियो । हालै रक्षामन्त्रीबाट राजीनामा दिएका डा. मीनेन्द्र रिजालले यो प्रस्तावलाई अघि बढाउने तयारी गरेका थिए । 

 

त्यसैअनुसार उनले आगामी जनवरी २३ देखि फेब्रुअरी ३ सम्म अमेरिकाको औपचारिक भ्रमण जाने समेत तय भएको थियो । तर, उनले राजीनामा दिएसँगै प्रधानमन्त्री शेरबहादुर देउवाले नै रक्षा मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । त्यसैले यो प्रस्ताव फेरि अघि बढ्छ कि बढ्दैन भन्ने अन्योलमा परेको छ । 

 

अमेरिकाले २०७२ सालमा नेपालमा भुइँचालो आएपछि यो प्रस्ताव गरेको हो । त्यतिबेला उद्धारका लागि नेपालले अन्य देशका सेनासँग सहकार्य गरेको थियो । यो कार्यक्रमको मुख्य उद्देश्य पनि दैवी प्रकोप र महामारीको बेला सहकार्य गर्ने सम्बन्धमा रहेको छ । 

 

सेनाका अवकाशप्राप्त प्रधानसेनापति राजेन्द्र क्षत्रीको पालामा अमेरिकाले यो प्रस्ताव गरेको थियो । त्यतिबेला नेपाल पनि इच्छुक रहेको जवाफ अमेरिकालाई दिइएको क्षत्री बताउँछन् । 

 

तर, नेपालले यो प्रस्ताव अघि भने बढाएन । नेपालको असंलग्न परराष्ट्र नीतिका कारण यो कार्यक्रममा सम्झौता विरोध हुने भन्ने डर तत्कालीन सरकारले राखेको हुनसक्ने सैन्य स्रोत बताउँछ । तर त्यसयता अमेरिकाले भने यो कार्यक्रममा सहभागी हुन नेपाललाई जोड दिँदै आएको छ । 

 

 

पूर्वप्रधानसेनापति क्षत्री अमेरिकाले यो कार्यक्रम थुप्रै मुलुकमा सञ्चालन गरिरहेको बताउँछन् । यो कार्यक्रम विपद्सम्बन्धी तालिम, सहकार्य र सहयोगसँग सम्बन्धित भएकाले नेपालले सम्झौता गर्न डराउनुपर्ने पर्ने कुनै कारण नरहेको उनको भनाइ छ ।

 

‘जब नेपालमा भूइँचालो गयो, त्यसपछि तालिम, हवाई साधान, इन्जिनियरिङ, मेडिकल साधनमा अझै अपुग र विज्ञता आवश्यक देखियो । त्यसपछि अमेरिकाको यो प्रस्ताव पनि आयो,’ उनले भने, ‘नेपालले द्विपक्षीय रुपमा अन्य मुलुकसँग यस्ता सहकार्य गर्दै अएको छ । उदाहरणको लागि सेनाले इन्टरनेशनल ओलम्पिक कमिटी सीआईएसएममा पनि सहकार्य गर्दै आएको छ । कोभिडकै क्रममा पनि अमेरिकाको युटा भन्ने स्टेटसँग नेपालले सहयोग लिएको छ । यसले हाम्रो परराष्ट्र नीति अप्ठ्यारोमा पर्छ जस्तो लाग्दैन ।’

 

यदि त्यस्तो आशंका लागेमा सम्झौताको दफावार केलाएर यदि हाम्रो स्वाधीनता, स्वतन्त्रता र सार्वभौमसत्ताको विपरीत प्रावधान छ भने त्यसलाई हटाएर मात्र व्यावसायिक रुपमा मात्र लागू गर्न सकिने उनको सुझाव छ ।  ‘मेरै पालामा यो विषय आएकाले यसमा म सधैं सहयोग गर्न तयार छु,’ क्षत्रीले भने । 

 

नेपाली सेनाका प्रवक्ता सहायक रथी सन्तोषवल्लभ पौडेलले उक्त सम्झौताका बारेमा नेपालको तर्फबाट कुन रुपमा प्रक्रिया अघि बढिरहेको छ भन्ने आफूलाई जानकारी नभएको बताए । ‘एसपीपीमा अमेरिकाले नेपालसँग सहकार्य गर्न चाहेको हो, तर यो सरकार–सरकारबीच हुने सम्झौता हो,’ उनले भने, ‘त्यसैले यसबारेमा मैले पनि बुझ्नुपर्छ ।’

 

 

के हो एसपीपी ?
 

एसपीपी दैवी प्रकोप तथा महामारीसम्बन्धमा गरिने सैन्य सहकार्य हो । यसअन्तर्गत दुवै मुलुकका देशका सेनाहरुबीच विपद् सम्बन्धी तालिम आदानप्रदान हुन्छ । विशेषगरी अमेरिकाले तालिमसँगै विपदका बेला आवश्यक स्रोतसाधनको पनि सहयोग गर्ने यो कार्यक्रमको उद्देश्य हो । 

 

हाल अमेरिकाको यो कार्यक्रम विश्वका थुप्रै मुलुकमा लागू छ । नेपालजस्तै असंलग्न परराष्ट्र नीति अँगालेका मुलुकमा यो कार्यक्रम सञ्चालनमा छन् । अमेरिकाको केन्द्र र राज्य तहको नेसनल गार्डले अन्य मुलुकका सेनासँग गरिने यो सहकार्य पनि फरकफरक विषयमा हुन सक्छ ।  

प्रतिक्रिया

1
  • Pjcayq

    फाल्गुण ३, २०७८

    purchase cialis pill - cialis 40mg for sale purchase cialis

प्रतिकृया थप्नुहोस्
  • Pjcayq

    फाल्गुण ३, २०७८

    purchase cialis pill - cialis 40mg for sale purchase cialis

प्रतिकृया थप्नुहोस्
सम्बन्धित समाचार सबै