Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

एमालेले जितेका ठाउँमा हाम्रो हक लाग्छः नेपाल 

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले २०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेले जितेको स्थानीय तहमा आफ्नो पार्टीले उम्मेदवार पाउनुपर्ने बताएका छन् ।

 

शनिबार पार्टीको सम्पर्क विशेष प्रदेश कमिटीले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै नेपालले एमालेले जितेको स्थानमा आफ्नो पार्टीले मात्र जित हात पार्न सक्ने दाबी गरेका हुन् । 

 

अध्यक्ष नेपालले गठबन्धनबीच उम्मेदवारी दिने विषयमा कुनै ठाउँमा सहमति भएन भने सहमत हुने दलसँग गठबन्धन गरेर चुनावी प्रतिस्पर्धा गर्न पाउने बताए । उनले सत्तारुढ दलहरुबीच स्थानीय तहको टिकट बाँडफाँडको विषयमा छलफल भइरहेको पनि बताए । 

 

नेपालले भने, ‘एमालेले जितको ठाउँमा पहिलो हक हाम्रो लाग्छ । पहिलो प्राथमिकता हाम्रो हो । त्यहाँ जित्नु छ भने हाम्रो उम्मेदवारले जित्न सक्छ ।’

 

उनले आफूहरुले जित्न सक्ने स्थानमा मात्र दाबी गर्ने पनि बताए । नेपालले ११ गतेसम्म कुनै पार्टीसँग पनि सहमति हुन सकेन भने सहमति हुने पार्टीसँग मिलेर चुनावमा जाने बताए । 

 


नेपालले गठबन्धनका अन्य दलहरुलाई तल्लो तहका कार्यकर्ताहरुको कुरा सुनेर निर्णय नगर्न पनि आग्रह गरे । 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै