Sunday, 29 June 2025 | २०८२ असार १५, आईतबार

सबै पालिकामा प्रतिनिधि पठाउने कांग्रेसको निर्णय 

नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनलाई केन्द्रित गरेर सबै पालिकामा प्रतिनिधि पठाउने भएको छ । 

 

शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको बैठकले सबै पालिकामा प्रतिनिधि पठाउनका लागि निर्देशन दिने निर्णय गरेको हो ।

 

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले सहमहामन्त्रीहरुलाई प्रदेश तहमा र प्रदेश र केन्द्रीय प्रतिनिधिलाई जिल्लामा पठाइने बताए । त्यस्तै स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति अन्तर्गत विभिन्न उपसमिति पनि गठन गरिएको छ ।

 

उपसमितिहरुमा भातृ संघ समन्वय एवम् परिचालन, शुभेच्छुक संस्था समन्वय परिचालन, जिल्ला सम्पर्क समन्वय एवम् परिचालन, विदेशस्थित जनसम्पर्क समिति समन्वय एवम् परिचालन, अनुगमन, मूल्यांकन तथा सुपरिवेक्षण, निर्वाचन सुरक्षा निकाय र आचारसंहिता अनुगमन तथा निर्वाचन आयोग समन्वय उपसमिति रहेको महरले बताए ।

 

पार्टीका उपसभापति तथा स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिका संयोजक पूर्णबहादुर खड्काको अध्यक्षतामा बसेको समितिको बैठकमा चुनावी सभालाई व्यवस्थित बनाउने, आचारसंहिता पालना भए, नभएको अनुगमन गर्ने सम्बन्धमा पनि छलफल भएको उनले बताए । 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै