Tuesday, 01 July 2025 | २०८२ असार १७, मङ्गलबार

अफगानिस्तानमा रहेका नेपाली उद्धारका लागि सरकारले बनायो समिति

सरकारले अफगानिस्तानमा रहेका नेपालीहरुलाई उद्धार गर्न संयोजन गर्नका लागि एक समिति निर्माण गरेको छ । 

 

सरकारले द्धन्दग्रस्त मुलुक अफगानिस्तानमा समस्यामा परेका नेपालीहरुलाई उद्धारका लागि समन्वय गर्न भन्दै परराष्ट्र मन्त्रालयका सहसचिव हरिशचन्द्र घिमिरेको संयोजकतत्वमा एक समिति गठन गरेको परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्यालले जानकारी दिएका छन्  । 

 

प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा उनले समितिमा गृह मन्त्रालय, अर्थ मन्त्रालय, श्रम मन्त्रालय, सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, रक्षा मन्त्रालय, स्वास्थ्य मन्त्रालय, नेपाल प्रहरी र सिसीएमसीको सहसचिव तहको प्रतिनिधित्व रहेको जानकारी गराएका हुन् । 

 

‘कसैलाई हामी आफैले इभाक्वेट गरेर लिएर आउनुप¥यो भनेदेखि त्यसको संयोजन गर्ने, त्यसको व्यवस्थापन गर्ने गरेर सबै सरोकारवाला निकायहरुलाई राखेर यो संयन्त्र बनेको हो,’ सचिव पौड्यालले भने । 

 

अफगानिस्तानमा औपचारिक क्षेत्रमा करिब १५ सय नेपाली रहेको सचिव पौैड्यालले बताए । नेपालीहरु अफगानिस्तानको काबुल बाहिर हालसम्म नरहेको रिपोर्ट पाएको उनले जानकारी दिए । अफगानिस्तानमा औपचारिक क्षेत्रमा आवद्ध रहेका नेपालीहरु स्वयं संस्थाको पहलमा नेपाल आउने सम्भावना रहेको उनले बताए । 

 

सरकार दुतावास तथा अफगानिस्तानमा रहेका नियोगहरुसँग सम्पर्कमा रहेको छ । मन्त्रालयले अफगानिस्तानमा रहेका नेपालीहरुलाई सम्पर्कमा आउनका लागि सुचना जारी गर्ने, जहाँबाट भएपनि आफ्नो अवस्थाबारे जानकारी गराउनका लागि अनलाइन पोर्टल बनाउने तथा कन्सुरल सेवा विभाग र परराष्ट्र मन्त्रालयमा एक÷एक वटा फोनलाई ह्वाट्स एप र भाइबरमा लिंक गरेर सञ्चान गर्ने पनि सचिव पौड्यालले समितिलाई जानकारी दिए । 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै