Sunday, 29 June 2025 | २०८२ असार १५, आईतबार

४० वर्ष पुरानो संरचना सात दिनमा नहटाएको भन्दै सूर्यविनायक नगरपालिकाले चलायो डोजर 

हनुमन्ते खोला करिडोरमा अवस्थित भौतिक संरचना हटाउन सूर्यविनायक नगरपालिकाले दिएको सात दिनको म्याद अपुग भएको भन्दै समय माग गरिरहेका स्थानियको वेवास्ता गर्दै डोजर चलाइएपछि स्थानीयले आपत्ति जनाएका छन् । 

 

आइतबार हनुमन्ते खोला करिडोर भित्र पर्ने केही भौतिक संरचनामाथि डोजर चलाइएको थियो । यस क्षेत्रमा अवस्थित साख मेटल एण्ड ऐलाईड ईन्डष्ट्रिज र नेपाल पेन्ट ईन्डष्ट्रिज प्रा.लि.को उद्योग लगायतका भौतिक संरचनामा माथिको आदेश भन्दै डोजर चलेपछि स्थानीयले आपत्ति जनाएका हुन् । 

 

सुर्यविनायक नगरपालिकाले सात दिनभित्र उक्त स्थानबाट उद्योग हटाउन परिपत्र गरेको भएपनि सात दिनभित्र उद्योग हटाउन नसकिने भन्दै उद्योगलाई यथावत् राखिएको थियो । ४० वर्ष पुरानो उद्योगको संरचना ७ दिनभित्र हटाउन सम्भव नभएको र कुनै पत्र जानकारी बिना उद्योगमाथि डोजर चलाइएको साख मेटल एण्ड ऐलाईड ईन्डष्ट्रिजका प्रोपाइटर विश्व साखले बताए । 

 


बिकासको नाममा किसानलाई सुकुम्बासी बनाउन लागिएको स्थानियले बताएका छन् । यसरी भत्काउँदा किसानको हजारौँ रोपनी जग्गा नाश हुने भन्दै सरकारले क्षतिपुर्ति दिनुपर्ने माग स्थानियको छ । स्थानीय सरकारले समेत बेवास्ता गरि जर्बजस्त डोजर चलाइएको हनुमन्ते खोला करिडोर पीडित समितीका संयोजक ओम श्रेष्ठले बताए । 

 

स्थानीयले आफुहरु बिकास विरोधी नभएको भन्दै विकासको नाममा स्थानीयको बिनाश गर्नुनहुने बताएका छन् । सम्बन्धित निकायले उचित क्षतिपुर्ति दिनुपर्ने उनीहरुको भनाई छ । 
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै