Tuesday, 08 October 2024 | २०८१ असोज २२, मङ्गलबार

नेप्से परिसूचकमा १७.१५ अंकले गिरावट

शेयर बजार मापक नेप्से परिसूचक पछिल्लो तीन दिन वृद्धि भए पनि मंगलबार गिरावट आएको छ । 

 

मंगलबार नेप्से परिसूचक १७.१५ अंकले घटेर २ हजार ६५०.९७ विन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ७.२६ अंक घटेको छ भने फ्लोट इण्डेक्स १ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.४६ अंकले घटेको छ ।

 

मंगलबार कारोबारमा आएका २२९ कम्पनीको ६५ लाख २९ हजार २६ कित्ता शेयर ३ अर्ब ३६ करोड ४२ लाख २९ हजार १७५ रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार नेप्सेमा कारोबार हुने १० ठूला कम्पनी मध्ये ९ वटा कम्पनीको शेयर मूल्यमा गिरावट आएकाले नेप्से परिसूचकमा करेक्सन आएको हो । 

 

नेप्सेका १३ उपसमूहमध्ये ४ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ९ उपसमूहको परिसूचक घटेको छ । जसमा होटल तथा पर्यटन उपसमूहको परिसूचक सबैभन्दा बढी ३.१६ प्रतिशत बढेको छ । जलविद्युत, उत्पादन तथा प्रशोधन, अन्य र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ ।

 

मंगलबार कारोबारमा आएका मध्ये इमर्जिङ्ग नेपालको शेयरमूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यस्तै सगरमाथा इन्स्योरेन्स र सोल्टी होटलको शेयरमूल्य साढे ६ प्रतिशत भन्दाबढी बढेको छ । तर नेपाल टेलिकमको शेयरमूल्य ५.१३ प्रतिशत घटेको छ ।

 

कारोबार रकमका आधारमा ३४ करोड २३ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री गरेर नेपाल टेलिकम नै शीर्ष स्थानमा रहेको छ । अपि पावर, नेपाल लाइफ इन्स्योरेन्सको १० करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार सबै