Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

डुबान तथा बाढी नियन्त्रणका लागि संयुक्त प्रयास जारी 

वर्षेनी बाढीका कारण नेपाल र भारतका थुप्रै भुभाग डुबानमा पर्ने र ठुलो जनधनको क्षति न्यूनीकरणका लागि दुबै देशको संयुक्त प्रयास रहने सहमती भएको छ । बाढी तथा डुबान प्रभावित क्षेत्रको स्थलगत भ्रमणसहित पाँचदिनसम्म चलेको संयुक्त बैठकमा बाढी नियन्त्रणका बिषयमा छलफल तथा योजनाका बिषयमा बिस्तृत अध्ययन भएको हो । 

 


नेपाल –भारत डुबान तथा बाढी व्यवस्थापन संयुक्त समितिको १४ औं बैठकले यस विषयमा छलफल तथा अध्ययन गरेको हो । समितिको बैठक २५ फागुनदेखि २९ फागुनसम्म बसेर सोमबारमात्रै संयुक्त माइन्युटमा हस्ताक्षर गरिएको हो । 

 

बैठक जलस्रोत तथा सिँचाई विभागका महानिर्देशक सुशील चन्द्र आचार्य र  भारतको तर्फबाट गंगा बाढी नियन्त्रण आयोगका योजना सदस्य  शेर सिंहको सह–अध्यक्षतामा सम्पन्न भएको हो । 

 


संयुक्त समितिले भारत–नेपाल सीमाका विभिन्न स्थानहरुको पनि स्थलगत भ्रमण गरेको थियो । सीमा क्षेत्रमा बाढी, कटान तथा डुबान व्यवस्थापन गर्नु समितिको कार्यक्षेत्र भित्र पर्दछ । समितिले सीमा क्षेत्रमा पर्ने नदीहरुको व्यवस्थापनका लागि प्रस्ताव गरिएका नवोदित कार्यस्थलको पनि भ्रमण गरेको हो । । 
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै