Sunday, 29 June 2025 | २०८२ असार १५, आईतबार

सप्तपाताल पोखरीहरुकाे पुनःनिर्माण शिलान्यास कार्यक्रम सम्पन्न

फाइल तस्बिर

प्रधानसेनापति प्रभुराम शर्मा तथा ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले संयुक्तरुपमा सप्तपाताल पोखरीहरुको एक कार्यक्रमकाबीच शिलान्यास गरेका छन् ।

 

यहि मंसिर २७ गते  राजदल गणमा आयोजित एक कार्यक्रमकाबी उनीहरुले संयुक्त रुपमा शिलन्यास गरेका थिए । २०७८ जेष्ठ ३० मा नेपाली सेना र ललितपुर महानगरपालिका बीच वृहत्तर सप्तपाताल पोखरी संरक्षण परियोजना अन्तर्गत राजदल गणको हाताभित्र अवस्थित दुईवटा पोखरी (सप्तपाताल पोखरी) हरुको पुनर्निर्माण गरी संरक्षण गर्ने सम्बन्धमा पुल्चोकस्थित ललितपुर महानगरपालिकाको कार्यालयमा समझदारी पत्रमा हस्ताक्षर भएको थियो ।

 

उक्त कार्यक्रममा बलाध्यक्ष रथी सरोज प्रताप राणा, नेपाली सेनाका रथीवृन्द तथा अधिकृतहरु र महानगरपालिकाका पदाधिकारीहरु लगायत विभिन्न मिडियाका सञ्चारकर्मीहरुको समेत उपस्थिति रहेको थियो ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै