
काठमाडौंको टेकूस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले पीसीआर परीक्षण रोकेको छ । अस्पतालले मुख्य प्रवेशद्वारमा नै पीसीआर परिक्षण स्थगित गरिएको सूचना टाँसेपछि परीक्षण गर्न अस्पताल पुगेकाहरु त्यसै फर्किएका छन् ।
मुख्य गेटमा टाँसिएको सूचनामा भनिएको छ “विशेष काराण बस अर्को सूचना नभएसम्मको लागि यस अस्पतालबाट गरिदै आएको पीसीआर परीक्षण कार्य बन्द गरिएको व्यहोरा जानकारीको लागि अनुरोध छ । यसबाट आम सर्वसाधरणमा परेको असुविधाको लागि क्षमाप्रार्थी छौं ।’
अस्पताल प्रशासन स्रोतका अनुसार प्रयोगशालाका लागि आवश्यक सामाग्रीको अभावमा अस्पतालले परीक्षण रोकेको हो । यसैबीच, संघीय राजधानी काठमाडौंकै अस्पतालमा पनि बिरामीहरुले बेड नपाएर अस्पताल बाहिर बस्नु परेको छ ।
कोभिड संक्रमण भई अक्सिजन दिनुपर्ने बिरामीहरु शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको गेट बाहिर बसेर उपचार गराउन बाध्य भएका छन् ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit