Sunday, 29 June 2025 | २०८२ असार १५, आईतबार

आफूले पाएको जिम्मेवारीलाई निष्ठा र इमानका साथ पूरा गर्छु : सभामुख 

सभामुख अग्निप्रसाद सापकोटाले आफ्नो जिम्मेवारीलाई निष्ठा र इमानका साथ पूरा गर्ने बताएका छन् ।

 

आज १५ औँ संघीय संसद सेवा दिवसको अवसरमा संघीय संसद सचिवालयले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सभामुखको रुपमा आफूले पाएको जिम्मेवारीलाई निष्ठा र इमानका साथ पूरा गर्ने प्रतिबद्धता जनाएका छन् । उनले आफूले संसदको प्रतिष्ठा र गौरवलाई माथि उठाउने प्रयत्न गर्ने भन्दै त्यसका निम्ति साथ दिन कर्मचारीहरुलाई आग्रह पनि गरेका छन् । आफूसँग काम गर्ने स्प्रिट रहेको उल्लेख गर्दै उनले कर्मचारीहरुसँग रहेको विज्ञतालाई संयोजन गरेर काम गर्न सके संसदप्रति जनतालाई आशावादी बनाउन सकिने विश्वास व्यक्त गरेका छन् । 

 

‘मलाई यो राष्ट्रले, मलाई इतिहासले र मलाई जनताले, मलाई १७५ जना प्रतिनिधिसभाका सदस्यहरुले वर्तमानमा राज्यका तीनवटा अंगमध्ये एउटा अंगको नेतृत्व गर्ने जिम्मेवारी दिनुभएको छ । त्यो जिम्मेवारीलाई पुरै निष्ठाका साथ, पुरै इमानका साथ पुरा गर्नेछु । त्यो पुरा गर्दै जाँदा मलाइ लाग्छ, हामी सबैको इज्जत, प्रतिष्ठा, गौरव माथि उठ्दै जान्छ । मेरो पहल र प्रयत्नमा तपाइहरुले साथ दिनुहुनेछ । मसित स्प्रिट छ । तपाईंहरुसँग विज्ञता छ । त्यो विज्ञता र स्प्रिट हामीले संयोजन गर्न सक्यौँ भने हामी जनतालाई आशावादी बनाउन सक्छौँ । चारैतिर अहिले निराशा छाइरहेको बेलामा, चारैतिर प्रश्न उठिरहेको बेलामा संघीय संसदबाट हामी एउटा शक्तिशाली सन्देश दिनसक्छौँ । जनतालाई आशावादी बनाउन सक्छौँ । यही दिशातिर अगाडी बढौँ’ उनले भने ।

 

उनले संघीय संसद सचिवालयका कर्मचारीहरुलाई देशभक्तिको भावनाले काम गर्न पनि आग्रह गरेका छन् ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै

‘हामी यहाँ छौं’ भन्दै माइतीघरमा दाहाल–नेपाल समूहको आन्दोलन

‘प्रतिनिधि सभा विघटनको असंवैधानिक कदम खारेज होस्’, ‘हामी यहाँ छौँ’ भन्ने नारा लेखिएका प्लेकार्ड सहित नेताहरु उपस्थित भएका छन् ।

मङ्सिर २८, २०७८