Sunday, 29 June 2025 | २०८२ असार १५, आईतबार

मुख्यमन्त्री र १२ जिल्लाका प्रजिअलाई गृहमन्त्री खाणको टेलिफोन

गृहमन्त्री बालकृष्ण खाणले दुई प्रदेशका मुख्यमन्त्री र १२ जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई टेलिफोन सम्पर्क गरी सीमा नाकाबाट भित्रने नागरिकहरूमा कोभिड–१९ संक्रमण, होल्डिङ सेन्टरको अवस्था, एन्टीजेन्ट परीक्षणलगायतबारे जानकारी लिएका छन् । 

 

गृहमन्त्री खाणले आइतबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी, मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत तथा सीमा नाका जोडिएका र सीमासँग नजिकका जिल्लाहरू कैलाली, रुपन्देही, बाँके, अर्घाखाँची, कञ्चनपुर, बारा, पर्सा, मोरङ, झापा, सप्तरी, कपिलवस्तु र नवलपरासी पश्चिमका प्रमुख जिल्ला अधिकारीलाई टेलिफोन गरेर त्यहाँको अवस्थाबारे जानकारी लिएका हुन् ।

 

उनले तराईका जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूलाई शीतलहर र त्यसबाट नागरिकलाई बचाउन गरिरहेको प्रयासबारे पनि जानकारी लिएका छन् । 

बाराका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कट्वालले गृहमन्त्री खाणल बोर्डरमा एन्टीजेन्ट परीक्षण, स्वास्थ्य सेवा केन्द्रको अवस्था र सितलहरबाट नागरिकलाई बचाउन भइरहेको प्रयास र आगामी योजनाबारे जानकारी लिएको बताए । 

 

‘मुख्यगरी गृहमन्त्रीज्यूले सीमा नाकामा स्वास्थ्य सेवा केन्द्रले गरिरहेको काम, एन्टीजेन्ट परीक्षण, होल्डिङ सेन्टरको अवस्था र शीतलहरबाट नागरिकलाई बचाउन भइरहेका प्रयासबारे जानकारी लिनुभयो,’ प्रजिअ कटवालले भने, ‘सीमा नाकामा जाँच कडाइ गर्न, होल्डिङ सेन्टरलाई तयारी अवस्थामा राख्न तथा शीतलहरमा नागरिकलाई बचाउन विपद्बाट आएको रकमले दाउरा र कम्बल वितरण गर्न दिर्नेशन दिनुभयो ।’

 

गृहमन्त्री खाणले सीमाबाट भित्रने नागरिक जसको कोभिड–१९ परीक्षण गर्दा जोजेटिभ देखिन्छ, उनीहरूलाई आइसोलेशनमा राख्न र नजिकैको जिल्लामा घर भएका स्वास्थ्य मापदण्ड अपनाएर घरमै आइसोलेसनमा बस्न चाहनेलाई घरसम्म पु¥याउने व्यवस्थाबारे पनि चासो राखेका थिए । 

 

मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले परीक्षणका क्रममा पोजेटिभ देखिएकालाई स्वास्थ्य मापदण्ड अपनाएर घरमै आइसोलेसनमा बस्न चाहनेलाई घरसम्म पु¥याउन गरिएको व्यवस्थाबारे गृहमन्त्री खाणले जानकारी लिएको बताए । 

 

‘घरमै आइसोलेसनमा बस्न चाहने संक्रमितलाई घरसम्म पु¥याउन गरिएको व्यवस्थाबारे जानकारी लिनुभयो । उहाँले संक्रमितलाई सहज रूपले घरसम्म पु¥याउने व्यवस्था गर्न, होल्डिङ सेन्टरलाई सञ्चालनमा ल्याउन एन्टीजेन्ट परीक्षण बढाउन र पोजेटिभ देखिएका तर भ्याक्सिन नलगाएकालाई भ्याक्सिनको व्यवस्था गर्न निर्देशन दिनुभयो,’ प्रजिअ दाहालले भने । 

 

झापाका प्रमुख जिल्ला अधिकारी छबिलाल रिजालले जिल्लामा कोभिड–१९ को स्थिति, होल्डिङ सेन्टरको अवस्था, एन्टीजेन्ट परीक्षणबारे गृहमन्त्रीले टेलिफोनमार्फत जानकारी लिएको बताए ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै

डोल्पामा पहिलोपटक यसरी पुग्याे ‘हवाई एम्बुलेन्स’

एम्बुलेन्स ल्याउन सडक नभएपछि दुई ठाउँमा तुइनबाट र एक ठाउँमा डोजरले खोला तार्नुपरेको थियो । 

माघ ९, २०७८

अध्यादेश र संसद बैठक दुबै ‘ढिसमिस’ गर्ने  नेकपा स्थायी कमिटीको निर्णय 

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बालुवाटारमा बुधबार बसेको  बैठकले सरकारले ल्याएको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता लिने निर्णय गरेको हो । 

माघ ९, २०७८