
नेपाल–पाकिस्तान मैत्री टी–२० क्रिकेट प्रतियोगिता २०२२ को बुधबार उद्घाटन भएको छ । काठमाडौंस्थित पाकिस्तान राजदूतावासले आयोजना गर्दै आएको प्रतियोगिताको यो सातौँ संस्करण हो ।
काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले प्रतियोगिताको उद्घाटन गरेका हुन् । नौ दिनसम्म चल्ने प्रतियोगितामा १२ वटा क्रिकेट टोलीको सहभागिता छ ।
मेयर शाक्यले यस्ता खेलकुद गतिविधिहरू आयोजना गर्न दूतावासले गर्दै आएको पहलको प्रशंसा गरे । उनले दुई देशका युवालाई एकजुट बनाउन क्रिकेट र खेलकुदको सम्भावनालाई उजागर गरे ।
आफ्नो मन्तव्यमा नेपालका लागि पाकिस्तानी राजदूत सैयद हैदर शाहले कोभिडको समयमा खेलकुद र बाहिरी गतिविधिको महत्व झनै बढेको बताए । उनले नेपालको क्रिकेट सपना साकार पार्न पाकिस्तान सहयोग गर्न इच्छुक रहेको बताए ।
उनले यस कार्यक्रमले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउन सहयोग पुग्ने धारणा राखे । प्रतियोगिता १० मार्च २०२२ मा समापन हुने तालिका छ ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit