Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

काठमाडौंमा अब कुहिने नकुहिने फोहोर नछुट्याए ५ सय जरिवाना 

काठमाडौं महानगरपालिकाले कुहिने र नकुहिने फोहर छुट्टाछुट्टै  वर्गीकरण गर्न  आग्रह गरेको छ ।

 

वर्गीकरण नगरिएका  फोहर फोहर बोक्ने गाडीसम्म ल्याए पुनःघरमा नै फर्काएर  कारबाहीस्वरुप प्रतिव्यक्ति पाँच सय रुपैयाँ जरिवानासमेत गर्ने जनाइएको छ ।

 

कामपा वातावरण विभाग प्रमुख सरिता राईका अनुसार यसरी छुट्याइएको फोहोर व्यवस्थापन गर्न सहज हुने र छुट्याइएको फोहर लिने गाडी पनि फरकफरक दिन आउने भएकाले सोहीअनुरुप व्यवस्थापन गर्नुपर्ने हुन्छ  ।

 

कामपाको आग्रहलाई बेवास्ता गरे प्राकृतिक स्रोत संरक्षण ऐन २०७७ को दफा ५१ (थ) तथा फोहरमैला व्यवस्थापन ऐन २०६८ को दफा ३८ (थ) अनुसार कसुर मानी सजाय गर्ने पनि कामपाले जनाएको छ ।  

 

पछिल्लो समय कामपालगायत काठमाडौँ उपत्यकाको १८ स्थानीय तहको फोहर व्यवस्थापन कार्य जटिल बन्दै आएको र  नुवाकोटको सिसडोल भरिनाका साथै उक्त स्थानसम्म जाने सडकमा स्थानीय बासिन्दाले समयसमयमा अवरोध गर्दा गत फागुन महिनामा १९ र चैत मा १२ दिन उपत्यकाको फोहर सडकमा नै थुप्रिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार सबै