Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

किसानले मल नपाएर हाहाकार, भन्सारमा १ वर्षदेखि ७ हजार मेट्रिक टन मल अलपत्र

सरकारले किसानको लागि ल्याएको ७ हजार मेट्रिक टन रासायनिक मल वीरगञ्ज भन्सारमा १ वर्ष देखि अलपत्र रुपमा फालिएको छ । 

 

गत वर्ष किसानहरुले धान बालीमा रासायनिक मल समयमा हाल्न नपाएर हाहाकार नै भएको थियो । तर, सरकारले विदेशबाट खरिद गरेर ल्याएको मल गुणस्तरहीन भएको भन्दै भन्सार पास नहुँदा वीरगञ्जको सुक्खा बन्दरगाहको खाली भागमा अलपत्र फालिएको छ ।

 

सरकारले खरिद गरेर ल्याएको मल भारतको कोलकता बन्दरगाहमा धेरै समय बसेको थियो । कोलकता बन्दरगाहका बङ्गालको खाडीमा आएको ‘अम्फन’ आँधीका कारण मल भिजेर नेपाल आएको थियो । कोलकताबाट नै ड्यामेज भएर नेपाल ल्याइएको थियो । कोलकता भन्सारमा छाड्न नमिलेकाले वीरगञ्ज बन्दरगाहमा ल्याएर खाली भागमा अलफत्र रुपमा छाडिएको छ ।

 

ड्यामेज भएर मल भन्सारमा आएकाले राख्न समस्या भएकाले बाहिर खाली भागमा राखिएको भन्सार कार्यालयले जनाएको छ । भिजेको मलले गोदाम मात्रै ओगटेको र त्यसको व्यवस्थापन गर्न नसकिएका कारण बन्दरगाहको खाली भू–भागमा अलपत्र तरिकाले मल फालिएको छ ।

 

अलपत्र रुपमा फालिएको मल गथत वर्ष साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले ग्लोबल टेन्डरमार्फत खरिद गरेको थियो । आर्थिक वर्ष २०७६/७७ मा साल्ट ट्रेडिङले आपूर्तिकर्ता स्विस सिंगापुर ओभरसिजसँग २५ हजार मेट्रिक टन मलका लागि सम्झौता गरेको थियो । उक्त मल २०७७ असोज १८ गते बन्दरगाह २३ सय मेट्रिक टन डीएपी र भदौ पहिलो साता २५ सय मेट्रिक टन (५० हजार बोरा) मल आइपुगेको थियो ।

 

सरकारले खरिद गरेर ल्याएको मल बन्दरगाहमा नै अलपत्र रुपमा कामै नलाग्ने गरि फालिएको छ । भने यता किसानहरुले अहिले पनि रासायनिक मल नपाएर बालीमा हाल्न पाएका छैनन् । 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै