
सत्तारुढ जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सर्वोच्च अदालतमा देखिएको समस्या छिट्टै समाधान हुने बताएका छन् ।
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुले राखेका जिज्ञासाका जवाफ दिने क्रममा उनले न्यायालय आफूभित्र देखिएको समस्या समाधान गर्न आफैं सक्षम रहेको प्रतिक्रिया दिएका छन् ।
उनले न्यायालयभित्र राजनीतिक दलहरुले हस्तक्षेप गर्न उचित नहुने धारणा समेत राख्दै दुनियाँमा कहीँ पनि राजनीतिक दलहरुले न्यायालयमा हस्तक्षेप गर्ने चलन नभएको दावी समेत गरेका छन् ।
‘न्यायालयको काम राजनीतिक दलहरुले र राजनीतिक दलहरुले गर्ने
काम न्यायालयले गर्न थाल्यो भने त्यो झन चौपट हुँदैन ? त्यसकारणले न्यायालयको समस्या समाधान गर्नका लागि त्यहाँ विद्वान अधिवक्ता, विद्वान न्यायाधीशहरु हुनुहुन्छ । उहाँहरु आफैं निकास दिन सक्षम हुनुहुन्छ । त्यसमा हामी राजनीति गर्ने राजनीतिककर्मीहरुले न्यायालयभित्र हस्तक्षेप गर्नु हुँदैन । त्यसकारणले आ–आफ्नो दायरा भित्र रहेर समस्यालाई हल गर्नु पर्छ । त्यहाँ समस्या छ, त्यसको निरुपण चाँडै नै हुन्छ । त्यसलाई राजनीतिक रुपले हस्तक्षेप गर्न उचित हुँदैन । कहीँ पनि दुनियाँमा यस्तो चलन छैन’ उनले भने ।
उनले संविधान संशोधन नगरेकै कारण अदालतमा यस्तो समस्या आएको दाबी गर्दै त्यसलाई संशोधन नगरी अघि बढ्न नसकिने अडान अडान पनि राखेका छन् ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit