Tuesday, 08 October 2024 | २०८१ असोज २२, मङ्गलबार

नेपाली कांग्रेशले सरकारमात्र होइन इतिहास बनाउनु पर्छः प्रवक्ता शर्मा 

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभा पुर्नस्थापित गर्ने सर्वोच्च अदालतको फैसलालाई ऐतिहासिक फैसला भनी स्वागत गरेको छ । 

 


सर्वोच्च अदालतको फैसला लगत्तै न्युज एजेन्सी नेपाललाई संक्षिप्त प्रतिक्रिया दिदै कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले प्रतिनिधिसभा पुर्नस्थापना गर्ने सर्वोच्च अदालतको फैसलाको स्वागत योग्य र ऐतिहासिक भएको बताएका हुन् । 

 

 

उनले फैसलाले एकसाथ महत्वपुर्ण ३ वटा सन्देश दिएको बताए । कार्यपालिकाकाले संविधान र कानुन भन्दा बाहिर गएर काम गरेको खण्डमा संविधानको रक्षा  गर्ने र सही व्याख्या गर्ने सवालमा न्यायलयले कर्म गर्न सक्क्तछ भन्ने सन्देश दिएको उनले बताए  । त्यसैगरी संसदलाई जोगाउनका लागि संविधानले सांसदलाई दिएको राजनीतिक अधिकारको रक्षा र सुरक्षा पनि न्यायलयले गरेको उल्लेख  गर्दै उहाँले लोकतान्त्रिक यात्रालाई विधिभित्रैबाट लैजानुपर्छ भनेर पनि स्थापित गरेको बताए । 

 

 

‘आजको सर्वोच्च अदालतको फैसला ऐतिहासिक छ । नेपाली कांग्रेस यसलाई स्वागत गर्दछ । यो फैसलाले एकसाथ महत्वपुर्ण ३ वटा सन्देश दिएको छ । एउटा संदेश यदी कार्यपालिकाकाले संविधान र कानुन भन्दा बाहिर गएर कार्य गर्दछ भने हामीले संविधान मा नै व्यवस्था गरेको प्रबन्ध बमोजिम संविधानको रक्षा  गर्ने र सही व्याख्या गर्ने  सवालमा हाम्रो न्यायलयले त्यो कर्म गर्न सक्क्तछ भन्ने सन्देश दिएको छ । र संबैधानिक इजलास साचो अर्थमा सम्मानित पुष्ठि भएको छ । अर्को सन्देश यसले राजनीतिक रुपमा पनि दिएको छ । संविधानले संसदलाई जोगाउने राजनीतिक अधिकार सांसदलाई दिएको छ, त्यसको रक्षा र सुरक्षा पनि गरेको छ ।

 

यो फैसलाको अन्तरनिहीत आत्माको व्याख्या गर्नुपर्दा, अब नेपालको संविधानसभाले निर्माण गरेको सविधानभित्रबाट कुनै पनि अधिनायकको जन्म, यसबाट अधिनायकवादतर्फ लैजान्छु भन्ने दुश्सप्न आजका प्रधानमन्त्री मात्रै होइन भविश्यका कसैले पनि गर्नुहुन्न र लोकतान्त्रिक यात्रालाई विधिभित्रैबाट लैजानुपर्छ भनेर पनि स्थापित गरेको छ । यसले (परमादेश)नेपाली कांग्रेस पार्टीका लागि सरकार निर्माण गर्ने अवसर मात्रै प्रवक्ताको रुपमा मैले भन्दै गर्दा पनि यो केबल सरकार बनाउने अवसर होइन है इतिहास निर्माण गर्ने अवसर हो,’ उनले भने । 

 

 

 

संविधान ठिक ठाउँमा आउनुपर्छ भनेर आ आफ्नो स्थानबाट योगदान गर्नेहरु प्रति कांग्रेसले सम्मान व्यक्त गरेको छ । प्रवक्ता शर्माले पार्टीले सर्वोच्चको आदेशलाई नेपाली जनताको ऐतिहासिक जीतको रुपमा, लोकतन्त्रको जीतको रुपमा नेपालको संविधानको जीतको रुपमा र यो जीतलाई जताको हितमा प्रयोग गर्ने ऐतिहासिक अभिभाराको रुपमा पनि लिने बताए । 

 

 

प्रधानमन्त्री केपी ओलीले सर्वोच्च अदालतको आदेश कार्यान्वयनका लागि आवेगमुक्त भएर संयमतापुर्वक मार्गप्रशस्त गर्न ढिलाई गर्नुहुनेछैन भन्ने विश्वास कंग्रेसले लिएको पनि प्रवक्ता शर्माले बताए । 
 


 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै