Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

ललितपुर महानगरका यी सात स्थानमा बन्दैछ नगर प्रहरी सूचना केन्द्र 

ललितपुर महानगरपालिकाले महानगर क्षेत्रभित्रका सात स्थानमा नगर प्रहरी  सूचना केन्द्र स्थापना गर्ने  भएको छ । मंगलबार ललितपुरमा एक कार्यक्रमका बीच ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले नगर प्रहरी सूचना केन्द्रको उद्घाटन गरेका हुन । 

 

 

सूचना केन्द्र उद्घाटन कार्यक्रममा बोल्दै मेयर महर्जनले ललितपुर महानगरपालिकालाई स्मार्ट सिटी बनाउनको लागि सूचना केन्द्र पहिलो माध्यम भएको बताए । उनले महानगरपालिकालाई स्मार्ट सिटी बनाउनको लागि महानगरले एकपछि अर्को काम निरन्तर रुपमा गर्दै आएको दाबी गरे । मेयर महर्जनले हेर्दा सानो देखिए पनि यो सूचना केन्द्र अत्यन्तै महत्वपूर्ण रहेको बताए । महानगरपालिका भित्रको सात स्थानमा यस्तो खालको सूचना केन्द्र स्थापना गरिने उनले कार्यक्रममा जानकारी दिए । 

 

 

मेयर महर्जनले भने,‘ललितपुर महानगरपालिकाले ललितपुर महानगरलाई स्मार्ट सिटी बनाउने गरी विभिन्न काम गर्दै आएको छ । स्मार्ट सिटि बनाउनको लागि महानगरले धेरै कामहरु गरेका छन् । तर, महानगरले सबै काम एकै पटक गर्न सक्दैन । विस्तारै महानगरलाई स्मार्ट सिटि बनाउने गरी काम गर्दै जान्छौँ । १८ वर्षसम्म स्थानीय निकायको चुनाव नभएकाले चुनावपछि ललितपुर महानगरपालिका भित्र गर्नु पर्ने धेरै कामहरु थिए । केही कामहरु महानगरपालिकाले शुरुवात गरेको छ । अहिले ललितपुर महानगरपालिकाको २९ वटै वडामा कायरपल्ट हुने गरी विकास निर्माणको कामहरु भएको छ । सम्पदा संरक्षण देखि हरेक क्षेत्रमा राम्रो कामहरु भएको छ ।’

 

 

मेयर महर्जनले ललितपुर महानगरपालिका क्षेत्रभित्रका सडकमा ट्राफिक लाइटको समस्या रहेकाले महानगरपालिका भित्रका ६ वटा मुख्य–मुख्य चोकमा ट्राफिक लाइट जडान गर्ने तयारीमा महानगरपालिका रहेको बताए । उनले अगाडि नै लाइट जडान गर्ने टेण्डर गरेपनि अख्तियारमा उजुरी परेको कारण काम गर्न नकिएको बताए । 

 

 

तर अहिले अख्तियारलाई स्पष्ट बनाएर अहिले ट्राफिक लाइट जडानको लागि ठेक्का समेत स्वीकृत भएकाले चाडै लाइट जडान गरिने मेयर महर्जनले जानकारी दिए । अब जडान गरिने लाइट नयाँ टेक्नोलोजी अनुसारको ट्राफिक जाम लाइटले नै व्यवस्थापन गर्ने मेयर महर्जनको भनाई छ । 

 

 


मेयर महर्जनले भन्नुभयो,‘ ललितपुर महानगरको मुख्य–मुख्य चोकहरुमा ट्राफिक लाइट जडान गर्ने तयारीमा छौँ । महानगरपालिकाले जडान गर्न लागिएको ट्राफिक लाइट चान्चुने होइन यो २१ औँ शताब्दीको नयाँ टेक्नोलोजी हो । जावालाखेलमा राख्ने ट्राफिक लाइटले अन्य पाँच वटा ट्राफिक लाइटलाई कन्टोल गर्छ । कुन स्थानमा ट्राफिक जाम भएको छ । लाइटले नै व्यवस्थापन गर्ने गर्छ । यो लाइट जडान गरेपछि चोकमा ट्राफिक प्रहरी बसिराख्नु आवश्यक पदैन ।’

 

 

ललितपुर महानगरपालिकाले महानगरले गरेका कामको विषयमा सर्वसाधरणलाई सहजै जानकारी दिने तथा कुन शीर्षकको राजश्व कति तिर्नु पर्ने लगायतको जानकारी दिने गरी जावलाखेल, लगनखेल, हरिसिद्धि, धापाखेल, नखिपोट, भैंसिपाटी, सानेपा, रिङ्गरोड भित्र ३ र रिङ्गरोड बाहिर ४ स्थानमा नगर प्रहरी सूचना केन्द्र राख्ने भएको छ ।

प्रतिक्रिया

1
  • Lpkmwa

    फाल्गुण ४, २०७८

    tadalafil 10mg canada - cialis 40mg canada cialis canada

प्रतिकृया थप्नुहोस्
  • Lpkmwa

    फाल्गुण ४, २०७८

    tadalafil 10mg canada - cialis 40mg canada cialis canada

प्रतिकृया थप्नुहोस्
सम्बन्धित समाचार सबै