Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान सफलः महत

नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले पार्टीको ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान सफल भएको बताएका छन् ।

 

मंगलबार यो अभियानबारे जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै महतले यो क्रममा एमसीसीको सम्बन्धमा जनतामा रहेको भ्रमलाई चिर्न सफल भएको पनि उल्लेख गरे । 

 

कांग्रेसको ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान फागुन २९ गतेदेखि मंगलबारसम्म चलेको थियो । 

 


अभियानमा नेपाली कांग्रेसले गरेका विकास निर्माणको कामको सम्बन्धमा पनि जनतालाई बुझाएको महतले बताए । विगतमा कोभिड–१९ को बेलामा तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारले भ्रष्ट्राचारका कारण कोभिडको व्यवस्थापन गर्न नसकेको भन्दै प्रवक्ता महतले कांग्रेस नेतृत्वको सरकार आएपछि खोपलाई व्यापकता दिन सकेको र कोभिड व्यवस्थापन गर्न सकेको कुरा जनतालाई स्पष्ट पारको पनि उल्लेख गरे । 

 


ओली नेतृत्वको सरकारले गरेका गलत काम बारे पनि जनतालाई जानकारी गराउँदै कांग्रेस नेतृत्वको सरकारले गरेका राम्रा कामहरुको प्रचार गरिएको उनको भनाइ छ । 

 


प्रवक्ता महतले स्थानीय तह निर्वाचन नजिकिए पनि टिकटको तय गर्न प्राविधिक कठिनाइ भएको स्वीकार गरे । गठबन्धन र तालमेलका कारण टिकटको टुंगो लगाउन ढिलाइ भएको उनको भनाइ छ ।  स्थानीय परिस्थिति र आवश्यकता अनुसार गठबन्धनमा रहेका दलहरुसँग तालमेल गर्ने उनले स्पष्ट पारे ।

 

उनले भने, ‘टिकटको तय गर्न केही समय लागेको छ । प्राविधिक कठिनाइहरु छन् । र गठबन्धन, तालमेलका पनि कुरा छन् । ति टुंगो लगाउने कुराहरु जटिल नै छन् ।’ 

 


महतले अभियानका क्रममा नेपाली कांग्रेसमा हजारौँ मानिस  प्रवेश गरेका पनि बताए । 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै