Monday, 30 June 2025 | २०८२ असार १६, सोमबार

सरकार जोगाउन उपप्रधानमन्त्रीले गरे जनतासँग आह्वान 

उपप्रधानमन्त्री ईश्वर पोख्रेलले मुलुकको राजनीति गलत दिशामा गईरहेको भन्दै त्यसको प्रतिवादमा उत्रन आव्हान गरेका छन् । उनले सरकार ढाल्ने खेल भईरहेको भन्दै यस्ता गलत क्रियाकलाप विरुद्ध सबै जनता प्रतिकारमा उत्रनुपर्ने बताएका हुन्। 

 

जनताले सही र गलत क्रियाकलाप छुट्याएर सबै क्षेत्रमा देखिएको गलत कार्य विरुद्ध प्रतिवाद गर्नुपर्नेमा उनले जोड दिए । निर्वाचित सरकारले निश्चित समयावधि पनि लिएर आएको भन्दै त्यसअघि नै सरकार ढाल्ने प्रयास भए मुलुक र जनताका लागि ठूलो र्दुभाग्य हुने उपप्रधानमन्त्री पोखरेलको तर्क थियो । 

 

सरकारले गरेका काम सबै सार्वजनिक भएको र सरकारका राम्रा काम र कमजोरीको हिसाबकिताब चुनावमा हुने भन्दै उनले सरकार ढाल्ने ,जनतामा निराशा फैलाउने र अस्तव्यस्त श्रृजना गर्ने प्रयास भए राम्रो नहुने चेतावनी समेत दिए । 

 


उनले भने  ‘राजनीतिक अस्थिरता भईरह्यो भने , सरकार ढाल्ने खेल भयो भने । सरकार त ५ बर्षका लागि आएको हो निर्वाचित भएर । सधै बस्छु भनेर हिजो निरंकुश राजाको बेलामा जस्तो त होइन । एउटा अवधिसम्म बस्ने हो । त्यो अवधिसम्म राम्रो काम गर्यो भने जनताले पुरस्कृत गर्छन् ।  राम्रो काम भएन भने जनताले दण्डित गर्छन् । यसलाई त हामीले मानेको हो नि । तर बीचमा नै अनेक खालको जालझेल गरेर सरकार ढाल्ने फेरि नयाँ बनाउने, नयाँ खेलोमेलो गर्ने काम सुरु भयो भने यसले र्दुभाग्य निम्त्याउँछ । विकास र निर्माणका काम पनि रोकिन्छन् ।’

 

उनले समाजमा भद्रगोल श्रृजनागर्ने  राजनीतिक क्षेत्रमा विकृतिहरु, विसंगतिहरु देखापर्न खोजिरहेको दाबी गरेका हुन् । 

 

उपप्रधानमन्त्री पोख्रेलले पछिल्लो समय मुलुकमा देखापरेको राजनीतिक खिचातानीले कामै गर्न नसकिने वातावरण श्रृजना भएको समेत दाबी गरे ।   स्थिर सरकार भए मात्र सामाजिक, आर्थिक र भौतिक पुर्वाधार तथा समग्र विकासका काम गर्न सकिने उनको तर्क थियो । उनले आगामी आर्थिक बर्षको बजेटमा सामाजिक सुरक्षा भत्ता बढाईने जानकारी दिए। 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै

नेकपा अध्यक्षमा माधवकुमार नेपाल चयन

अबिलम्ब संसदको कार्य सञ्चालन गर्न तथा सो निर्णयको विरुद्धमा संघर्ष गर्ने घोषणा पनि बैठकले गरेको छ ।

ब‌ैशाख ४, २०७८