Monday, 30 June 2025 | २०८२ असार १६, सोमबार

एमसीसीबारे सृजना गरिएको विवाद निरर्थक : महन्थ ठाकुर 

फाइल तस्बिर

लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले एमसीसी विषयमा अहिले सृजना गरिएको विवाद निरर्थक रहेको बताएका छन् ।

 

 

जनकपुरमा संचारकर्मीसंग कुराकानी गर्दै ठाकुरले एमसीसी परियोजना विशुद्ध रुपमा विकासँंग जोडिएको भएको कारणले विवाद गर्नुको कुनै तुक नरहेको बताएका छन् । उनले सडक निर्माण र विद्युतीकरणमा रकम खर्च गरिने र गरिबी घटनाउनको लागि यो महत्वपुर्ण विषय भएको बताएका छन् । 

 

 

अध्यक्ष ठाकुरले एमसीसीको विषयमा उठेको विवादहरुको विषयमा सरोकारवाला निकायले आफ्नो पक्ष राखी सकेको अवस्थामा यसलाई सस्तो लोकप्रियता हासिल गर्न विवाद सृजना गर्नु उचित नभएको बताएका छन् ।

 

 

अध्यक्ष ठाकुरले आफनो पार्टीमा कुनै विवाद नरहेको बताउदै पार्टी छोडेर जानेहरुलाई रोक्न नसकिने बताएका छन् । उनले स्थानीय तहको निर्वाचनमा गठबन्धन हुने सम्भावना रहेको बताउदै त्यो समयको आवश्यकता रहेर निर्णय लिने समेत बताएका छन् ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै