
एकातर्फ कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनले युरोपका थुप्रै देश फेरि लकडाउन गर्न बाध्य भएका छन्, अर्कोतर्फ संयुक्त अरब इमिरेट्स (युएई) एक मात्र त्यस्तो देश हो, जहाँ ओमिक्रोनको धेरै असर देखिएको छैन ।
त्यति मात्र नभई उसले विश्वभरका पर्यटकलाई आफ्नो देशमा स्वागत गरिरहेको छ । कोरोनोका यो वैश्विक महामारीका बीच पनि खोप लगाउनेदेखि व्यापक र सस्तो स्वास्थ्य परीक्षणको सुविधाले गर्दा पनि यो देश अरुभन्दा सुरक्षित रहन सकेको हो ।
युएई अहिले ब्यलुमवर्गको कोभिड रेजिलियन्स र्यांकिङमा अग्रपंक्तिमा पर्छ । यो र्यांकिङमा ५३ देशका स्वास्थ्य सुविधा मानकहरु, कोरोना संक्रमणबाट हुने मृत्यु र आवजावतलाई फेरि खुला गर्ने जस्ता १२ संकेत सहभागी गराइएको छ । यही कारणले गर्दा युएई ओमिक्रोन फैलिए पनि संक्रमणलाई नियन्त्रणमा राख्न र पर्यटकका लागि खुला गरिराख्न सफल भएको छ ।
महामारीका कारण युएईको सबैभन्दा धेरै पर्यटक आउने सहर दुबईले आफ्ना नागरिकलाई सबैभन्दा धेरै सुरक्षा दिने सहर पनि बनेको छ । मिर्जाम चकलेट कम्पनीका मुख्य अधिकारी कैथी जोनस्टन ३० वर्षदेखि दुबईमा बस्छन् । उनी सबै मिलेर स्थानीयविचार र परियोजनालाई समर्थन गर्दा यो सम्भव भएको बताउँछन् । ‘संक्रमण न्यून भएको दृष्टिले मलाई कुनै अर्को ग्रहमा आएजस्तो महसुस हुन्छ,’ उनले भने ।
यहाँका मानिसहरु अहिले दुबई घुम्न ठीक समय भएको बताउँछन् । ‘दुबई आउन अक्टोबरदेखि मेसम्म सबैभन्दा धेरै ठीक हुन्छ । यतिबेला समुद्रको किनारमा गर्मी पनि त्यति धेरै हुँदैन,’ दुबईमा बस्ने तला मोहम्मदले भने ।
अहिले ६ महिनासम्म चल्ने दुबई एक्स्पो २०२० पनि जारी छ । यो मार्च २०२२ सम्म सञ्चालन हुने छ । यो एक्स्पोमा विश्वभरका प्रमुख कम्पनीहरु स्टल राखिएको छ । कोरोना खोप लिएका सबैलाई युएईले स्वागत गर्दै आएको छ । तर, त्यहाँ पुगेपछि पनि पर्यटकले कोरोनाको टेस्ट भने गर्नुपर्नेछ । बीबीसी हिन्दीबाट
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit