
नेपालमा कोरोना भाइरस विरुद्धको खोप लगाउन शुरु गरिएको छ । बुधबार, १४ माघदेखि कोभिड–१९ संक्रमणको रोकथाम तथा उपचारमा पहिलो घेरामा रहेर काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मीहरुका लागि खोप लगाउन शुरु गरिएको हो ।
काठमाडौंको टेकु स्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालबाट शुरु भएको खोप लगाउने अभियान देशभर सञ्चालन भएको छ ।
१० दिन सम्म सञ्चालन हुने यो अभियानमा करिब ४ लाख ५० हजार जनाले खोप लगाउन पाउनेछन् ।
पहिलो चरणमा खोप लगाएका स्वास्थ्यकर्मीहरुले खोप सुरक्षित रहेको भन्दै सबैलाई निश्चिन्त भएर खोप लगाउन आग्रह गरेका छन् । पहिलो खोप लगाएका शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका निर्देशक डा. सागरराज राजभण्डारी, डा. अनुप बास्तोला र जनस्वास्थ्य प्रयोगशालाकी प्रमुख डा. रुणा झाले खोप लगाएपछि आफूहरुलाई केहीपनि असर नदेखिएको भन्दै सुरक्षित भएर खोप लगाउन आग्रह गरे ।
उनीहरुले बजारमा फैलिएका हल्ला र भ्रममा नपरी खोप लगाउन आग्रह समेत गरे । चिकित्सकहरुले खोप लगाउन नहुनेका बिषयमा जानकारी सार्वजनिक गरेका बाहेकले खोप लगाउँदा समस्या नहुने बताए ।
नारायणहिटी दरबार संग्राहलयभित्र रहेको तत्कालिन राजा वीरेन्द्र शाहको निजी निवास ‘श्री सदन’ सर्वसाधारणहरुका लागि खुला भएको छ ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit