Tuesday, 08 October 2024 | २०८१ असोज २२, मङ्गलबार

अमेरिकासँग प्रभावकारी वार्ता हुनेमा आफू विश्वस्त : पुटिन

युक्रेनबारे तनाव बढ्दै जाँदा रूस र संयुक्त राज्य अमेरिकाबीच बिहीबार थप संवाद हुने भएको छ । 

 

 

दुई मुलुकका नेताबीच टेलिफोन वार्ता हुनुभन्दा केही घण्टा पहिले मस्को र वासिङटनबीच प्रभावकारी वार्ता सम्भव छ भन्नेमा आफू विश्वस्त रहेको रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले  बिहीबार बताएका छन् । युक्रेनसँगको सीमामा मस्कोको सैन्य गतिविधि कम गर्ने नवीनतम प्रयासमा पुटिन र बाइडेनबीच एक महिना पनि नबित्दै दोस्रो टेलिफोन वार्ता तय भएको हो ।

 

 

'म विश्वस्त छु कि हामी आपसी सम्मान र एक अर्काको राष्ट्रिय हितको विचारका आधारमा एक प्रभावकारी रूसी–अमेरिकी वार्ता गर्न सक्छौं' विश्व नेताहरूलाई क्रिसमस विदामा सकारात्मक सन्देश दिँदै रूसी नेता पुटिनले भनेको क्रेमलिन जनाएको छ । 

 

 

'हामी कूटनीति र कूटनीतिक मार्ग अगाडी बढाउनका लागि तयार छौं' एक वरिष्ठ अमेरिकी प्रशासन अधिकारीले संवाददाताहरूसँग भने ।

 

 

यदि रूस युक्रेनमा थप आक्रमणका साथ अघि बढ्यो भने विश्व समुदायले उचित प्रतिक्रिया दिन तयार रहने कुरा वार्तामा वाइडेनले पुटिनलाई बताउने अमेरिकी अधिकारीले बताएका छन् । यो फोनवार्ता जनवरी १० मा जेनेभामा रूस र संयुक्त राज्य अमेरिकाबीचको वार्ता पहिले हुनेछ । वासिङटनले पूर्व सोभियत राज्य युक्रेन नजिकै रुसी सेनाको चलखेलले चिन्ता बढाएको छ । मस्कोले यस आरोपलाई अस्वीकार गरेको छ र पश्चिमले यस महिनाको सुरुतिर प्रस्तुत गरेको व्यापक सुरक्षा मागहरूमा रूस सहमत हुने आशा गरेको बताएको छ । 

 

 

रूसी अधिकारीले बताए अनुसार उत्तर एटलान्टिक सन्धि संगठन (नाटो) ले नयाँ सदस्यहरू स्वीकार्नु नहुने र संयुक्त राज्य अमेरिकाले पूर्व सोभियत राज्यमा नयाँ सैन्य आधारहरू स्थापना गर्न नहुने चेतावनी दिएका छन् । 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै