
सातामा तीन दिनको कारोबारमा निरन्तर उकालो लागिरहेको नेप्सेमा बुधबार ३०.५१ अंक घटेर २८०३.६२ विन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ७.०४ अंक, फ्लोट इण्डेक्स १.८६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.१७ अंक घटेको छ ।
आज कारोबारमा आएका २२९ कम्पनीको १ करोड ६१ लाख ४७ हजार कित्ता शेयर ८ अर्ब ३ करोड ३२ लाख १२ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । नेप्से घटेपनि बुधबार कारोबार रकम भने ८ अर्ब नाघेको छ ।
नेप्से परिसूचकको १३ उपसमूहमध्ये ३ उपसमूहको परिसूचक बढेको छ भने बाँकी १० उपसमूहको परिसूचक घटेको छ । जसमा लगानी उपसमूहको परिसूचक सबैभन्दा बढी ३।१३ प्रतिशत बढेको छ । त्यस्तै, व्यापार उपसमूहको ०.६५ प्रतिशत र उत्पादन तथा प्रशोधनको ०.०९ प्रतिशत बढेको छ ।
अन्य उपसमूहको परिसूचक सर्वाधिक ३।४४ प्रतिशत घटेको छ । त्यस्तै, निर्जीवन बीमा, होटल तथा पर्यटन, वित्त र विकास बैंक उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ ।
नेप्से परिसूचक घटे पनि ४ कम्पनीको शेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा कर्पोरेट डेभलपमेन्ट बैंक, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, नारायणी डेभलपमेन्ट बैंक र मध्य भोटेकोशीको शेयरमूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो ।
त्यस्तै, मञ्चकन्या माइ हाइड्रोपावर र सामलिङ्ग पावरको शेयरमूल्य ५ प्रतिशतभन्दा बढी बढेको छ । तर, हिमालयन उर्जा विकास कम्पनी, युनियन हाइड्रोपावर र जोशी हाइड्रोपावरको शेयरमूल्य घटेको छ ।
कारोबार रकमका आधारमा नेपाल बङ्गलादेश बैंकको २८ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ । एचआईडिसीएलको २७ करोड, अपि पावरको २४ करोड र अपर तामाकोशीको २२ करोडभन्दा बढीको शेयर कारोबार भएको छ ।
cialis price walmart - buy cialis 10mg online cheap cialis generic name
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit
cialis price walmart - buy cialis 10mg online cheap cialis generic name