
फोनपे पेमेन्ट सर्भिस लिमिटेडमा प्रभु टेक्नोलोजीबाट सञ्चालित प्रभुपे आवद्ध भएको छ ।
भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्भिस लिमिटेड र प्रभु टेक्नोलोजीबाट सञ्चालित प्रभुपेले सहकार्य पत्रमा हस्ताक्षर गरेका छन् । यससँगै प्रभुपे फोनपे नेटवर्कमा आवद्ध भएको छ ।
फोनपेका नायव प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटा र प्रभुपेका प्रमुख कार्यकारी अधिकृत बिकी शाहीले बुधबार सम्झौैंतापत्रमा हस्ताक्षर गरेका हुन् ।
यससँगै अबदेखि प्रभुपेका ग्राहकले फोनपेको क्यूआरमार्फत् सहजै रकम भुक्तानी गर्न सकिने बताइएको छ । सम्झौतापत्र हस्ताक्षर कार्यक्रममा बोल्दै फोनपेका नायव प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटाले प्रभुपेसँगको सहकार्यले क्यासलेस अर्थतन्त्र निर्माण गर्ने उद्देश्यमा थप मद्दत पुग्ने बताए ।
उनले आगामी दिनमा अन्य भुक्तानी सेवा प्रदायकहरु पनि फोनपेको नेटर्वकमा जोडिदै जाने विश्वास व्यक्त गरे ।
प्रभुपेका प्रमुख कार्यकारी अधिकृत बिकी शाहीले फोनपेसँगको सहकार्य आफूहका लागि सुवर्ण अवसर भएको बताए । डिजिटलाइज र क्यासलेस बनाउने आफुहरुको सोच पूरा गर्न आगामी दिनमा मिलेर अगाडी बढ्ने उनले बताए ।
फोनपेमा हाल ५ लाख ७० हजार भन्दाबढी मर्चेन्ट रहेको बताइएको छ । बैंक तथा वित्तिय संस्था एवम् भुक्तानी सेवा प्रदायकका डेढ करोड बढी मोबाइल बैंकिङ प्रयोगकर्ताले फोनपेमार्फत् कारोबार गर्दै आएको फोनपेले जनाएको छ ।
त्यसैगरी प्रभुपेका ७ लाख भन्दाधेरै ग्राहक रहेको बताइएको छ । प्रभुपेमार्फत् मोबाइल र टिभी रिचार्ज, हवाइ टिकट, मुभी टिकट लगायत थुप्रै सेवाहरुको डिजिटल भुक्तानी गर्ने गरिएको छ ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit