
अफगानिस्तानका लागि अमेरिककाका विशेष दूत थोमस वेस्ट र अफगानिस्तानका विदेश मन्त्री अमिर खान मोताक्वीबीच भेटवार्ता भएको छ । तालिबानका शीर्ष नेता समेत रहेका खानले अमेरिकी विशेष दूतलाई इस्लामाबादमा भेटवार्ता गरेका छन् ।
तालिबान सरकारको तर्फबाट पहिलो विदेश भ्रमणका रुपमा पाकिस्तान गएका बेला उनले अमेरिकी विशेष दूतसँग छलफल गरेका हुन् । पाकिस्तानमा आयोजना गरिएको ‘ट्रोइका प्लस’ बैठकमा सहभागी हुन जाने क्रममा उनीहरुबीच भेटवार्ता भएको अधिकारीहरुले जनाएका छन् ।
मन्त्री मोताक्वी नेतृत्वको उच्चस्तरीय अफगानी टोली औपचारिक भ्रमणका लागि बुधबार बेलुका इस्लामावाद पुगेको थियो । पाकिस्तानमा बिहीबार नै अमेरिका, चीन, रुस र पाकिस्तानका कुटनीतिज्ञहरुको बैठक आयोजना गरिएको छ । बैठक अफगानिस्तानको अवस्थाका बारेमा छलफल गर्न बोलाइएको हो ।
बैठकको अध्यक्षता पाकिस्तानका विदेशमन्त्री शाह मोहम्मद क्युरेशी र राष्ट्रिय सुरक्षा सल्लाहकार मोइद युसुफले गर्ने कार्यक्रम रहेको छ । ४ देशका प्रतिनिधिहरुले मोताक्वीसँग अन्तरक्रिया गर्ने भएका छन् । तालिवान विद्रोहीहरुले गत अगस्टमा अफगानिस्तानको सत्ता कब्जा गरेर अन्तरिम सरकार गठन गरेपछि सरकारको तर्फबाट यो नै पहिलो विदेश भ्रमण हो ।
तालिवान सरकारप्रति सहयोगी र शंकापूर्ण व्यवहार गर्ने दुवै प्रकारका देशका प्रतिनिधिहरु बैठकमा सहभागी भएका छन् । बैठकमा सहभागी मध्ये अमेरिकाले तालिवान सरकारप्रति आशंका व्यक्त गर्दै असहयोगको नीति लिएको छ भने चीन, रुस र पाकिस्तान तालिवान सरकारप्रति निकै सकारात्मक र सहयोगी हुँदै आएका छन् ।
अमेरिकाले नेपाली सेनालाई बाढी, नदी तथा ताल–तलैयामा फसेकाहरुको उद्दारमा अति उपयोगी १० थान अत्याधुनिक डुङगा सहयोग गरेको छ ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit