Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

प्रधानसेनापति र पाकिस्तानी राजदूतबीच भेटवार्ता

प्रधानसेनापति प्रभुराम शर्मा र पाकिस्तानका राजदूत सैयद हैदर शाह

प्रधानसेनापति प्रभुराम शर्मा र पाकिस्तानका राजदूत सैयद हैदर शाहबीच आज भेटवार्ता भएको छ ।

 

पाकिस्तानका राजदूत शाहले प्रधानसेनापति शर्मालाई जङ्गी अड्डामै गएर भेटवार्ता गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।           

 

उक्त भेटवार्तामा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो निर्देशनालयले जानकारी दिएको छ ।

 

यस किसिमको भेटघाटले दुई देशबीचको आपसी सम्बन्ध सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै