Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

महन्थ ठाकुरले विज्ञप्ति निकाल्दै भने : सरकार निर्माणको खेलमा सहभागी हुँदैनौं

जनता समाजवादी पार्टी (जसपा)  आफ्नो पार्टी नयाँ सरकार निर्माणको खेलमा संलग्न नहुने अध्यक्ष महन्थ ठाकुरले जनाएका छन् । 

 

ठाकुरले एक विज्ञप्ति जारी गर्दै उक्त कुरा बताएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत प्राप्त गर्न नसकेपछि नयाँ सरकार गठनको प्रक्रिया शुरु भईंसकेको छ । 

 

सोमबार संसदमा विश्वासको मत नपाएपछि भएपछि एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीबाट पदमुक्त भएका छन् ।

 

लगत्तै दलहरुको अनुरोध पछि राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा (२) अनुसार बहुमतको सरकार बनाउन दलहरूलाई सोमबारै आह्वान गरिसकेकी छन् ।

 

आह्वानसँगै दुई वा दुईभन्दा बढी दल मिलेर अब यही वैशाख ३० गतेभित्र बहुमत पुर्‍याई नयाँ सरकार गठन गर्नुपर्नेछ । 

 

ठाकुरले जारी गरेको विज्ञप्तिमा वैकल्पिक सरकार गठनमा लाग्नु मधेश आन्दोलनको विपरीत हुने जनाएका छन् ।

 

ठाकुरले भनेका छन्, 'जसपा नेपाल सत्ताको प्राप्तिभन्दा एजेन्डा सम्बोधनको विषयमा केन्द्रित रहेको र मुद्दा सम्बोधन नै जसपाको मुल धेय रहेको अवस्थामा मुद्दाबाट बिचलित भइ सरकार निर्माण गर्ने, सरकारमा सहभागी हुने वा कुनै पनि किसिमको वैकल्पिक सरकार गठनमा संलग्न हुने कार्य जसपा नेपालको उद्देश्य विपरीत हो, मधेश आन्दोलनको मर्म र भावना विपरीत हो भन्ने हाम्रो ठहर छ ।'
 

नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपा (भट्टराई–यादव पक्ष)ले  नयाँ सरकार निर्माणका लागि तयारी गरिरहेको बेला ठाकुरको उक्त विज्ञप्ति आएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार सबै