Thursday, 15 May 2025 | २०८२ जेठ २, बिहिबार

श्रीलंकाका प्रधानमन्त्रीले दिए राजीनामा 

आर्थिक संकटको सामना गरिरहेको श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजपाक्षले सोमबार  पदबाट राजीनामा दिएका छन् । राष्ट्रव्यापी विरोध तीव्र हुँदै गएपछि उनले राजीनामा दिएका हुन् । कदमले संकटग्रस्त देशमा नयाँ मन्त्रिपरिषद्को लागि मार्ग प्रशस्त गर्ने सम्भावना देखिएको छ।

 


राष्ट्रपति गोताबाय राजपाक्षले शुक्रबार विशेष बैठकमा प्रधानमन्त्रीलाई देशमा जारी राजनीतिक सङ्कटको समाधानका लागि राजीनामा दिन आग्रह गरेका थिए । सोहीअनुसार प्रधानमन्त्रीको राजीनामा आएको हो । 

 

 

प्रधानमन्त्रीले राजीनामा दिएपछि राष्ट्रपति राजापाक्षेले संसद्मा रहेका सबै राजनीतिक दललाई सर्वदलीय मन्त्रिपरिषद् गठन गर्न आमन्त्रण गर्ने अपेक्षा छ ।
यसअघि विपक्षी दल समगी जन बालवेगयाले आफ्ना नेता सजिथ प्रेमदासाले अन्तरिम सरकारमा प्रधानमन्त्रीको पद स्वीकार नगर्ने पुष्टि गरेका थिए ।

 


श्रीलंका हाल विदेशी मुद्राको अभावबाट उत्पन्न भएको आर्थिक सङ्कटबाट गुज्रिरहेको छ जसले इन्धन, खाद्यान्न र औषधि जस्ता अत्यावश्यक आपूर्तिहरूको अभाव निम्त्याएको छ।

 


सरकार र सांसद्लाई तत्काल समाधान खोज्न माग गर्दै केही दिनदेखि आन्दोलन जारी छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै