
युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयनले युक्रेनको भ्रमण गरेकी छिन् ।
रुसी आक्रमणकारीहरुले आक्रमण गरेको ठाउँको स्थलगत अवलोकन गर्न उनी युक्रेन पुगेकी हुन् ।
युक्रेनको बुचा सहरमा रुसी सुरक्षाकर्मीहरुले हत्या, बलात्कार जस्ता अपराध गरेको दाबी गरिएपछि उनले स्थलगत अवलोकन गरेकी हुन् ।
स्थलगत अवलोकनपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष लेयनले घटनास्थलमा दयनीय अवस्था रहेको बताइन् । उनले घटनास्थलमा मानव अधिकारको चरम उलंघन भएको र मानवीय संकट रहेको पनि बताइन् । बुचामा नरसंहार भएकाले त्यसका विरुद्धमा आवाज उठाउदै लड्नु पर्नेमा पनि उनले जोड दिइन् । अध्यक्ष लेयनले त्रासदीपूर्ण घटनाको भत्सर्ना गर्दै आगामी दिनमा यस्ता घटना नहुने सुनिश्चत गर्न पनि माग गरिन् ।
“यहाँ हामीले कल्पना पनि नगरेको घटना भएको रहेछ, यो घटना अत्यन्त निन्दनीय छ, घटनामा संलग्नलाई कारबाही हुनुपर्छ,” उनले भनिन् । रुसले गत फेब्रअरी २४ देखि युक्रेनमा आक्रमण जारी राखेको छ । आक्रमणका कारण दुवै तर्फका गरेर अहिलेसम्म सयौँको मृत्यु भइसकेको छ ।
बुचामा रुसले मानव अधिकारको चरम दुरुपयो गरेको आरोपमा रुसलाई राष्ट्रसंघको मानव अधिकार परिषदबाट पनि हटाइएको थियो ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit