Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

कंचनजंगाको नक्कली अगरबत्तीको बिगबिगी 

‘कञ्चनजंगा’ ब्राण्डको सक्कली अगरबत्ती

नेपाली बजारमा ख्याती कमाएको सावित्री कंचनजंगा अगरबत्तीको ‘कञ्चनजंगा’ ब्राण्डको अगरबत्तीको जस्तै नाम, बट्टा र डिजाइन दिने नक्कली अगरबत्तीको बिगबिगी बढेको छ ।

 

झट्ट हेर्दा रङ, प्याकेजिङ, डिजाइन, र  नाम छुट्याउनै नसकिने गरी बिभिन्न अगरबत्तीहरू बजारमा उपलब्ध छन्।

 

‘कंचनजंगा’ ब्राण्डको अगरबत्तीको बजार ठूलो भएकाले यसैलाई नक्कल गरी  बजारमा अगरबत्ती बनाएर राजधानी लगायत देशका अन्य बजारमा बिक्री गर्दा झुक्काएर बेच्न सजिलो हुनेहुँदा बडी मात्रामा यही ब्रान्डको नक्कल गरी बिक्री हुने गरेको पाइएको हो । 


कम्पनीका प्रबन्धक पुस्कर  केसीले कंचनजंगा ब्राण्डको सक्कली उत्पादन चिनेर मात्र खरिद गर्न ग्राहकहरुसँग आग्रह गरेका छन्।

 

सावित्री कंचनजंगा अगरबत्तीले विभिन्न ब्राण्डका ५० भन्दा धेरै ब्राण्डका अगरबत्ती उत्पादन गर्दै आइरहेको छ। 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै