Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

भारतले युद्ध सैनिकका लागि ल्यायो नयाँ पोशाक, यस्ता छन् विशेषता

भारतीय स्थल सेनाका प्रमुख जनरल एमएम नरवणेले सेना दिवसको अवसरमा शनिबार भारतीय सेनाको नयाँ पोशाक उद्घाटन गरेका छन् । नयाँ पोशाक १२ लाख सैनिकहरुलाई चरणबद्ध रुपमा उपलब्ध गराइने भारतीय सेनाले जनाएको छ । 

 

सेनाका सबै पोशाकमा परिवर्तन गरिएको होइन । हाल युद्धको दौरानमा जाने पोशाकमा मात्र परिवर्तन गरिएको हो ।

 

भारतीय सञ्चारमाध्यम इन्डियन एक्सप्रेसका अनुसार सेनाको पुरानो पोशाक २००८ देखि प्रयोग हुँदै आएको थियो । नयाँ पोशाकको आवरणमा परिवर्तन र नयाँ कपडाको प्रयोग गरिएको छ । नयाँ पोशाकमा पुरानै रंगको प्रयोग रहे पनि डिजिटल रहेको जनाइएको छ । मरुभूमि, पहाडी क्षेत्र, जंगल, समथर क्षेत्रलाई ध्यानमा राखेर पोशाक बनाइएको हो । 

 

नयाँ पोशाक हल्का, बलियो, सहज र सैनिकका पोस्टिङ अनुसार विभिन्न क्षेत्रका लागि उपयुक्त हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यसमा सुती र पोलिस्टरको अनुपात ७० र ३० प्रतिशत  छ । नयाँ पोशाक चाँडै सुक्ने जनाइएको छ ।

 

सेनाका अनुसार पुरानाको तुलनामा नयाँ पोशाक १५ प्रतिशत हल्का र फाट्ने मामिलामा २३ प्रतिशत बलियो रहेको छ । महिलालाई पनि ध्यानमा यो पोशाक बनाइएको छ । भारतकै नेशनल इन्स्टिच्यूट अफ फेसन टेक्नोलोजीका १२ जनाको समूहले पोशाक बनाएको हो । बीबीसी हिन्दीबाट

प्रतिक्रिया

सम्बन्धित समाचार सबै