Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

अष्ट्रेलियाका दुई राज्यमा हट्यो क्वारेन्टाइनमा बस्नुपर्ने नियम

अष्ट्रेलियाको न्यु साउथ वेल्स र भिक्टोरियामा लगाइएको क्वारेन्टिनको नियम हटाइएको छ ।

 

अष्ट्रेलियाका सरकारी अधिकारीले उल्लेख गरेअनुसार कोभिड–१९ नियन्त्रणका लागि लगाइएको क्वारेन्टिनसम्बन्धी नियम हटाइएको हो । 

 


यससँगै अब छिटै नै अन्य प्रतिबन्ध पनि हट्ने अपेक्षा गरिएको छ । यसअघि अष्ट्रेलियाका यी दुई राज्यमा कोरोना संक्रमितहरु कम्तीमा सात दिन क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्था गरिएको थियो ।  

 

 

यो नियमका कारण धेरै काम तथा व्यापार व्यवसायमा असर परेकाले समस्या भएको आवाज उठेपछि सरकारले हटाउने निर्णय गरेको हो । 

 

 

सङ्क्रमित भए पनि कुनै स्वास्थ्यमा समस्या नभएकाहरु पनि सात दिनसम्म क्वारेन्टाइनमा बस्नुपर्ने नियमले कतिपय कार्यालयमा कर्मचारी व्यवस्थापनमा सबैभन्दा ठूलो समस्या भएको अधिकारीहरुले जनाएका छन् । 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै