Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

सोमबारयता १७३० युक्रेनी सेनाले आत्मसमर्पण गरे : रुस 

रुसको रक्षा मन्त्रालयले बिहीबार युक्रेनको बन्दरगाह शहर मारिउपोलको घेरामा परेको एजोभस्टाल स्टिल कारखानामा यस साता १ हजार ७३० युक्रेनी सैनिकले आत्मसमर्पण गरेको बताएको छ ।

 


‘विगत २४ घण्टामा आजोभ राष्ट्रवादी रेजिमेन्टका ७७१ लडाकूहरूले आत्मसमर्पण गरेका छन्’,  मन्त्रालयले द्वन्द्वबारे आफ्नो दैनिक ब्रिफिङमा उल्लेख गरेको छ । 

 


मे १६ देखि कुल ८० घाइते सहित १ हजार ७३० लडाकुले आत्मसमर्पण गरेको मन्त्रालयले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार सबै