Monday, 30 June 2025 | २०८२ असार १६, सोमबार

एमसीसी पास हुनु ऐतिहासिक र महत्वपूर्ण काम होः गृहमन्त्री खाण 

गृहमन्त्री बालकृष्ण खाणले नेपालकै प्रस्तावमा एमसीसी आएको दाबी गरेका छन् । बुधवार नेपाल तरुण दलले आयोजना गरेको भेलालाई सम्बोधन गर्दै खाणले यस्तो बताएका हुन् । 

 


एमसीसी प्रस्ताव पास हुनु नेपालकै लागि निकै ऐतिहासिक र महत्वपूर्ण कार्य भएको खाणको भनाइ छ । यो परियोजनाले नेपालमा गरिबी निवारण र नेपालमा  रोजगारी अभिवृद्धिका लागि महत्वपूर्ण सहयोग पुग्ने उनले बताए । 

 


खाणले कतिपयले एमसीसी पास गरेपछि अमेरिकाबाट सेना र बम बारुद आउँछ भन्ने भ्रम छरिरहेको उल्लेख गर्दै बिजुलीको तारबाट बम बारुद र सेना नआउने जिकिर गरे ।

 

गृहमन्त्री खाणले पूर्ववर्ती सरकारले करिव ४ वर्षसम्म एमसीसी परियोजनालाई अनिर्णयको बन्दी बनाएर नेपालको भौतिक विकासमा अवरोध सिर्जना गरेको आरोपसमेत लगाए ।  उनले एमसीसी परियोजनाबाट बम, बारुद र सेना आए नेपाली काँग्रेस अग्रपंक्तिमा रहेर लड्ने बताए ।

 

यो परियोजनाले नेपालको जलविद्युतको विकासका लागि धेरै ठूलो आयाम स्थापित गर्ने उनको दाबी छ । 

 


खाणले नेपालको अर्थतन्त्रलाई उकास्न र पेट्रोलियम पदार्थको आयात घटाउन कम गर्न एमसीसी कोशेढुंगा साबित हुने दाबी गरे । 

 


गृहमन्त्री खाणले स्थानीय तह निर्वाचनका लागि टिकट दिने क्रममा अनियमितता भए त्यसको अनुसन्धान हुने र कारबाही गरिने प्रतिबद्धता पनि व्यक्त गरे । उनले आगामी निर्वाचनमा नेपाली कांग्रेस देशकै ठूलो पार्टी हुने दाबी गरे । 
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै

नेकपा फुटदैन्, सरकार परिवर्तन हुन सक्लाः  नेता भीम रावल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य तथा सुदूरपश्चिम प्रदेश ईन्चार्ज भीम रावलले कुनै पनि हालतमा पार्टी नफुट्ने दाबी गरेका छन् ।

ब‌ैशाख १४, २०७९