Sunday, 29 June 2025 | २०८२ असार १५, आईतबार

सभामुख सापकोटा र फ्रान्सका संसदीय मैत्री समूहका अध्यक्ष रिटनबीच भेट

सभामुख अग्निप्रसाद सापकोटा र फ्रान्स–नेपाल संसदीय मैत्री समूहका अध्यक्ष भेरोनिक रिटन नेतृत्वको प्रतिनिधिमण्डलबीच शिष्टाचार भेटवार्ता भएको छ । 

 

बुधबार सिंहदरवारस्थित आफ्नै कार्यकक्षमा सभामुख सापकोटाले अध्यक्ष रिटन नेतृत्वको प्रतिनिधिमण्डलसँग शिष्टाचार भेटवार्ता गरेका हुन् । 

 

भेटमा उनले दुई मुलुकबीचको कूटनीतिक सम्बन्ध अझै सुमधुर भएर जाने विश्वास व्यक्त गरेको सभामुखको निजी सचिवालयले जनाएको छ । 

 

अध्यक्ष रिटनले दुई मुलुकबीचको विकास साझेदारीलाई अझ गतिका साथ अघि बढाउन आफूहरु अझै सक्रियताका साथ लागिपर्ने बताएकी थिइन् । भेटवार्तामा दुवै मुलुकका संसदीय अभ्यास र त्यसका अनुभवहरुबारे पनि छलफल गरिएको थियो ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै