
पाकिस्तानका विदेशमन्त्री शाह महमूद कुरेशीले पाकिस्तान अफगानिस्तानमा एक समावेशी राजनीतिक सम्झौता चाहने बताएका छन् । उनका अनुसार सबै पक्ष समावेश हुने उक्त सम्झौता स्थायी शान्तिका लागि गरिनेछ ।
मुल्तानमा विभिन्न प्रतिनिधिमण्डलसँगको कुराकानीमा उनले क्षेत्रीय शान्तिका लागि अफगानिस्तानमा कायम हुनु अत्यावश्यक भएको बताए । यस क्षेत्रमा शान्ति कायम गर्न नै पाकिस्तानले आफ्नो भूमिका निर्वाह गरिरहेको पनि उनको भनाइ थियो ।
साथै अन्य देशका विभिन्न प्रतिनिधिमण्डलसँगको बैठकमा उनीहरुले अफगानिस्तानमा मध्यस्थकर्ताको रुपमा पाकिस्तानले निर्वाह गरेको भूमिकाको प्रशंसा गरेको पनि उनले जानकारी दिए ।
विदेशमन्त्री शाहले पाकिस्तानले अफगानिस्तानको सीमा बन्द नगरेको पनि जनाए । तर, अवैध आउजाउ रोक्न सीमाको व्यवस्थापन भने गरेको बताए ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit