Tuesday, 08 October 2024 | २०८१ असोज २२, मङ्गलबार

कोभिड संक्रमण रोक्न सीसीएमसीले गरेका यी हुन् १३ सिफारिस

फाइल फाेटाे ।

कोरोना सङ्क्रमण बढेसँगै  कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी) ले  १५ माघसम्म सबै विद्यालय बन्द गर्न सिफारिस गरेको छ । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको सङ्क्रमण विस्तार भएको तथा देशव्यापी रुपमा सङ्क्रमितको सङ्ख्यामा बढोत्तरी भएपछि सिसिएमसीले यस्तो सिफारिस गरेको हो ।  

 

 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आइतबार मात्रै देशभर एक हजार १७६ जनामा कोरोना सङ्क्रमण भएको छ । सङ्क्रमणको मात्रामा पछिल्ला दिनमा व्यापक वृद्धि भएको छ ।

 

कम्तीमा पनि १५ दिन विद्यालयलगायत बढी भीडभाड हुने सार्वजनिक स्थानलाई बन्द गर्न सिफारिस गरिएको छ । कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्रका सहसचिव एवं प्रवक्ता सुनिता नेपालका अनुसार कोरानाको बढ्दो जोखिमलाई ख्याल गर्दै तत्कालका लागि आगामी माघ १५ सम्म विद्यालय बन्द गर्न सिफारिस गरिएको छ ।

 

 

सिसिएमसीले गरेको सिफारिसलाई कार्यान्वयनका लागि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई सिफारिस गरेको छ । केही विद्यालयले हिउँदे बिदा गरेका छन् । केही विद्यालय तथा कलेजमा परीक्षा जारी छ । परीक्षा जारी रहेका कलेजलाई स्वास्थ्य मापदण्ड अपनाउन भनिएको छ । हिउँदे बिदा गरेका विद्यालयलाई भने आगामी माघ १५ सम्म लैजान भनिएको छ । 

 

 

बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठको उपस्थिति थियो । बैठकले बढी भीडभाड हुने सिनेमा घर, पार्क, सार्वजनिक स्थानमा जाँदा अनिवार्यरूपमा खोप लगाएको प्रमाणपत्र देखाउनुपर्ने व्यवस्था लागू गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको छ । 

 

 

राजनीतिक दललाई भीडभाड हुने कुनै पनि भेला तथा समारोहको आयोजना नगर्न र महोत्सवलगायत कार्यक्रम नगर्न बैठकले आह्वान गरेको छ । समितिले २५ जनाभन्दा बढी सहभागी हुने गरी कुनै पनि कार्यक्रमको आयोजना नगर्न आग्रह गरेको छ । बैठकले जिल्लाको अवस्था हेरे थप कदम चाल्ने जिम्मा प्रमुख जिल्ला अधिकारीलाई दिएको छ ।

 

 

यस्ता छन् सीसीएमसीले सिफारिस गरेका १३ निर्णयः 

 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै

Flash News: र्‍यापर भिटेनलाई पक्राउ तथा धरपकड नर्गन प्रहरीलाई अन्तरिम आदेश 

उच्च अदालत पाटनले र्‍यापर भिटेनलाई पक्राउ तथा धरपकड नर्गन प्रहरी प्रधान कार्यालय र साइबर ब्युरोका नाममा अन्तरिम आदेश जारी गरेको छ ।

पुस २५, २०७८

वीरगञ्जमा बरामद सुनले बिहार निर्वाचनमा हल्लीखल्ली

पर्सा प्रहरीले कार्तिक १ मा वीरगञ्ज रेशमकाेटीस्थित श्री गणेश अपार्टमेन्टबाट बरामद गरेकाे अवैध २२ किलाे सुनकाे तार भारतीय जनता पार्टीका तर्फबाट विधानसभा निर्वाचनमा एनडिए प...

पुस २५, २०७८