
उच्च अदालत पाटनले र्यापर भिटेनलाई पक्राउ तथा धरपकड नर्गन प्रहरी प्रधान कार्यालय र साइबर ब्युरोका नाममा अन्तरिम आदेश जारी गरेको छ ।
यस्तै अदालतले प्रहरी प्रधान कार्यालय र ब्युरोलाई भिटेनमाथि अनुसन्धान गर्नुपर्ने कारण देखाउन समेत आदेश दिएको छ ।
पाटन उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले अन्तरिम आदेश जारी गर्दै कारण देखाउ आदेश समेत गरेको हो । मंगलबार भिटेनले दर्ता गराएको निशेधाज्ञाको पहिलो सुनवाई भएको हो ।
र्यापर भिटेनलाई पक्राउ तथा धरपकड नर्गन प्रहरीलाई अन्तरिम आदेश यापर भिटेनको नयाँ गीतका बोलमा अपाच्य शब्द भएको भन्दै प्रहरी प्रधान कार्यालय र साइबर ब्युरोले उनको खोजी गरिरहेका बेला उनी भने अदालतको शरणमा पुगेका थिए । भिटेन उपनामले चिनिने र्यापर समिर लामाले प्रहरी प्रधान कार्यालय र साइबर ब्युरोलाई विपक्षी बनाउदै उच्च अदालत पाटनमा १६ कात्तिकमा निशेधाज्ञा सम्बन्धि रिट निवेदन दर्ता गराएका थिए ।
उनले केही दिन अघि सार्वजनिक गरेको नयाँ गीतमाथि छानबिन गर्न प्रहरी प्रधान कार्यालयले साइबर ब्युरोलाई निर्देशन दिएको थियो ।
पारा बोलको सो र्याप गीतमा प्रयोग भएका शब्द अश्लिल भएको पाइएपछि साइबर ब्यूरोले अनुसन्धान गरिरहेको थियो । प्रहरी प्रधान कार्यालयले १५ कात्तिकमा अनुसन्धान गर्न ब्युरोलाई पत्राचार गरेको थियो ।
भिटेनको पारा बोलको गीत उनले प्रहरी अनुसन्धान सुरु भएपछि युट्युबमा प्राइभेट गरेका छन् । उनको गीत नेपालमा ट्रेन्डिङमा थियो ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit