Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

रक्तचन्दन तेलको अवैध कारोबारमा संलग्न १० जना पक्राउ 

रक्तचन्दनको तेलको अबैध कारोबारमा संलग्न रहेको अभियोगमा १० जनालाई ३३ लिटर रक्तचन्दनको सुगन्धित तेल सहित बिहीबार प्रहरीले पक्राउ गरेको छ । 

 

पक्राउ पर्नेहरुमा ललितपुर सानुगाउँ बस्ने मकवानपुर गढी गाउँपालिका–१ घर भएका नविन भन्ने ३९ वर्षीय मंगल सिंह लो, काठमाण्डौ बानियाटार बस्ने सिन्धुली हरिहरपुर गाउँपालिका–४ घर भएका ५० वर्षीय हेम कुमार श्रेष्ठ, काठमाडौं टोखा नगरपालिका–४ बस्ने ३७ वर्षीय ईक्रम श्रेष्ठ, भक्तपुर दुवाकोट बस्ने काभ्रे बनेपा नगरपालिका–४ घर भएका ३१ वर्षीय कार्साङ्ग लामा, काठमाण्डौमा महाराजगंज बस्ने खोटाङ हलेसी नगरपालिका–६ घर भएका २३ वर्षीय घनश्याम आले मगर, काठमाण्डौ महानगरपालिका–८ तिलगंगा बस्ने ५१ वर्षीय मदन पोडे, काठमाण्डौ चाबहिल बस्ने खोटाङ हलेसी नगरपालिका–९ घर भएका २० वर्षीय जीवन थापा, काठमाण्डौमा सामाखुसी बस्ने तनहुँ भानू नगरपालिका–६ घर भएका २५ वर्षीय सुदिप थडराई, काठमाण्डौ महानगरपालिका–१३ छाउनी घर भएका ५३  वर्षीय अनिल चरण श्रेष्ठ र सोही ठाउँमा घर भएका ५१ वर्षीय अनुप कुमार श्रेष्ठ रहेका छन् ।

 

तिलगंगामा रक्तचन्दनको तेल प्रति लिटर नगद ५ लाख रुपैयाँको दरले अबैध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा  महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त तेल सहित पक्राउ गरेको हो । 

 

उनीहरुलाई आवश्यक कारवाहीको लागि वन डिभिजन कार्यालय हात्तीसार काठमाण्डौमा पठाइएको उक्त महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार सबै