Friday, 16 May 2025 | २०८२ जेठ ३, शुक्रबार

स्थापित सबै पार्टी डुलेर एमालेबाट मेयर बन्न आएः गगन थापा 

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले काठमाडौं महानगरपालिकाका उम्मेदवार केशव स्थापित सबै पार्टी डुलेर पुनः दौरा सुरुवाल लगाएर एमालेबाट मेयर बन्न आएको बताएका छन् ।

 

स्थापितलाई यसरी डुलेको बारेमा काठमाडौंका मतदाताले प्रश्न गर्नुपर्ने उनको भनाइ छ।

 

मंगलबार गठबन्धनको तर्फबाट गरिएको काठमाडौं महानगरपालिकाको चुनावी सभालाई सम्बोधन गर्दै महामन्त्री थापाले भने, ‘काठमाडौंको मेयर हुन्छ । त्यसलाई छोडेर गएर माओवादीको प्राधिकरणको प्रमुख हुन्छ । त्यसलाई छोडेर गएर प्रजा परिषद् पार्टी खोल्छ । त्यसलाई छोडेर गएर संघीय परिषद्को उम्मेदवार हुन्छ । त्यहाँबाट फन्को मारेर नाच्दै, गाउँदै अहिले एमालेको उम्मेदवार हुन्छ । उसलाई कसैले प्रश्न गर्दैन ।’ 

 


 काठमाडौं महानगर प्रमुखको लागि कांग्रेसको तर्फबाट उम्मेदवार बनेकी सिर्जना सिंहले सधैं एउटै पार्टीमा रहेर सेवा गरेकाले उनीमाथि प्रश्न उठाउन नहुने बताए । 
थापाले कमल थापाको तीर र राजेन्द्र लिङ्देनको हलोले एमालेको सूर्य चिन्हलाई प्वाल पारेको बताए ।सत्तारुढ गठबन्धनको विरोध गर्ने एमालेले कमल थापा, राजेन्द्र लिङ्देनदेखि विप्लव र सिके राउतसम्म गठबन्धन गरिरहेको थापाको भनाइ छ । 

 


कांग्रेसलाई रुखमा भोट हाल्न नपाएका बिचरा भनिएको उल्लेख गर्दै उनले एमालेले पनि गत निर्वाचनमा ५९ वटा क्षेत्रमा सूर्यमा भोट हाल्न नपाएको र हसिया हथौडामा भोट हालेको स्मरण गराए । 

 


थापाले एमालेले अघिल्लो निर्वाचनमा गरेको प्रतिवद्धतालाई पूरा नगरेर मतदाता र काठमाडौंवासीलाई हेपेको बताए । 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै