Saturday, 28 June 2025 | २०८२ असार १४, शनिवार

वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेलाई विश्वासको मत

मुख्यमन्त्री राजेन्द्र पाण्डेले बागमती प्रदेश सभाबाट विश्वासको मत पाएका छन् । प्रदेश सभामा सोमबार विश्वासको मतको प्रस्तावमाथि भएको मत विभाजनमा मुख्यमन्त्री पाण्डेको पक्षमा बहुमत सदस्यहरुले विश्वासको मत दिएका हुन् । 

 

 

प्रदेश सभाका ५९ जना सांसद सदस्यले  मुख्यमन्त्री पाण्डेको पक्षमा मतदान गरे ।  बागमती प्रदेश सभामा अहिले १०९ सदस्य रहेका छन् र विश्वासको मत प्राप्त गर्न कम्तीमा ५५ सांसदको समर्थन आवश्यक पर्छ । सोमबार भएको मत विभाजनमा प्रदेश सभामा कायम सदस्य संख्याको बहुमत पुगेकोले विश्वासको मत प्राप्त भएको सभामुख सानुकुमार श्रेष्ठले घोषणा गरेका छन्  । 

 

 


मुख्यमन्त्री पाण्डेलाई नेकपा (माओवादी केन्द्र) को २३ जना, नेपाली कांग्रेसको २२ जना, नेकपा (एकीकृत समाजवादी)को १३ जना र जनता समाजवादी पार्टीका एक सांसदले मत दिएका थिए ।  बिश्वासको मत दिने प्रस्तावको विपक्षमा ४३ मत परेको छ । 

 

 


नेकपा (एमाले) र विवेकशील साझा पार्टीका सांसदले विपक्षमा मतदान गरेका थिए भने नेपाल मजदूर किसान पार्टीका सांसद तटस्थ बसेका थिए । प्रदेश सभाको आजको बैठकमा १०४ जना सांसद उपस्थित थिए ।

 

 

प्रदेशसभा बैठकमा राप्रपाका दुई सांसद र एमालेका दुई सांसद अनुपस्थित थिए । राप्रपाका सांसदद्वय रिता माझी र रिना गुरुङ तथा एमालेका सांसदद्वय गणेश दुलाल र बेलिमैया घले अनुपस्थित रहेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार सबै