Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

निर्वाचन भयरहित वतावरणमा सम्पन्न गर्न सञ्चार क्षेत्रको योगदान महत्वपूर्ण छः राष्ट्रपति भण्डारी 

राष्ट्रपति विद्या भण्डारीले आसन्न स्थानीय तह निर्वाचनलाई स्वतन्त्र एवम् भयरहित वातावरणमा सम्पन्न गर्न सञ्चार क्षेत्रले योगदान पुर्‍याउनुपर्ने बताएकी छन् । ्

 


राष्ट्रिय पत्रकारिता दिवस–२०७९ को अवसर पारेर शनिबार राष्ट्रपति भवन शितल निवासमा आयोजित एक समारोहमा बोल्दै राष्ट्रपति भण्डारीले जिम्मेवार पत्रकारिताको माध्यमबाट नागरिकको अभिव्यक्ति स्वतन्त्रता र सूचनाको हकलाई व्यावहारिक रुपमा साकार तुल्याउने काममा पनि सञ्चार क्षेत्रले सफलता पाउने विश्वास व्यक्त गरेकी छन् । 

 


राष्ट्रपति भण्डारीले जिम्मेवार, सन्तुलित र तथ्ययुक्त सूचना सम्प्रेषणको माध्यामबाट मात्रै पत्रकारिता क्षेत्रको विश्वसनीयता कायम हुने पनि बताइन् । 

 


समारोहमा बोल्दै नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारलाई मुलुकको कानुनी शासन र सुशासनको बाटोमा सरकारलाई हिँडाउन बाध्य पार्न सञ्चार क्षेत्रलाई आग्रह गरे । 

 


उनले सरकारले संविधानले परिकल्पना गरेको प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको रक्षा मात्रै नभई सम्वर्धन गर्दैै लैजाने प्रतिवद्धता पनि व्यक्त गरे । 

 


समारोहमा राष्ट्रपति भण्डारीले पत्रकारहरुलाई राष्ट्रिय पत्रकारिता पुरस्कारबाट सम्मान पनि गरेकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार सबै