
नर्भिक इन्टरनेशनल हस्पिटल अन्तर्गतको नर्भिक आइभिएफ सेन्टरले नारी दिवसका अवसर पारेर यही फागुन २१ मा शनिबार बृहत निःशुल्क स्वास्थ्य शिविर गर्ने भएको छ ।
वरिष्ठ स्त्री रोग तथा बाँझोपन विशेषज्ञ एवम् ल्याप्रोस्कोपिक सर्जन डा. नुतन शर्मासहितको टिमले आगामी शनिबार बिहान १० देखि ४ बजेसम्म बिरामीहरुको बाँझोपन तथा स्त्री रोगसम्बन्धमा निःशुल्क स्वास्थ्य परीक्षण तथा स्वास्थ्य परामर्श एवम् उपचार गर्ने अस्पतालले जनाएको छ ।
नेपाली समाजमा बाँझोपनको समस्या बिकराल बन्दै गइरहेका बेला गुणस्तरीय स्वास्थ्य सेवाको पहुँचलाई अभिवृद्वि गर्ने उद्देश्यले एकदिने निःशुल्क स्वास्थ्य शिविर गर्न लागिएको नर्भिक हस्पिटलका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले जानकारी दिए ।
शिविरमा निःशुल्क स्वास्थ्य परीक्षण र परामर्शका साथै टिभिएसमा २० प्रतिशत छुट तथा ल्याब परीक्षणमा १० प्रतिशत छुटको अफर समेत ल्याइएको सीइओ मिश्रले बताए ।
शिविरमा सहभागी भएका बिरामीको परीक्षणमा शल्यक्रिया गर्नुपर्ने भए स्त्री रोगसम्बन्धी ल्याप्रोस्कोपिक सर्जरीमा बिरामीलाई अप्रेशन शुल्कको २० प्रतिशतसम्म छुट दिइने अस्पतालले जनाएको छ ।
नर्भिक अस्पतालको आफ्नो संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत विशेष पर्व, उत्सव तथा दिनहरुमा स्वास्थ्य जाँच लगायतका सेवाहरुमा छुटको अफर यसअघिदेखि नै सार्वजनिक गर्दै आएको छ ।
यस्तै, नर्भिकले विगत लामो समयदेखि प्रत्येक शनिबार कुनै विशेषज्ञ चिकित्सक नेतृत्वको टिमलाई परिचालन गरी निःशुल्क ओपिडी अभियान समेत सञ्चालन गर्दै आएको छ ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit