
पोखरामा आफ्नै नावालिग १३ बर्षीय छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सहोदर बुवा लाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पोखराका अनुसार ३९ बर्षीय ती पुरुषले आफ्नै १३ बर्षे नावालिग छोरीलाई बिगत केही बर्ष अगाडीदेखी अनेकौं बहाना बनाई जबरजस्ती करणी गर्दै आएका थिए ।
प्रहरीका अनुसार पछिल्लो पटक ६ मंसिरमा एउटा होटलमा लगी अश्लिल फोटो तथा भिडियो देखाई जबरजस्ती करणी गरेको जाहेरी परेपछि उनलाई पक्राउ गरिएको हो ।
उनी बिरुद्व हाडनाता करणी कसुर मुद्दामा कास्की जिल्ला अदालतबाट सात दिनको अनुसन्धान म्याद लिएर कारबाही अघि बढेको कास्की प्रहरीका प्रवक्ता डीएसपी सुवास हमालले जनाएका छन् ।
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पर्सा वीरगंज महानगरपालिका-६ माईस्थान बस्ने ५८ वर्षीय सत्य नाराणप्रसाद रौनियारलाई काठमाडौं रातोपुलबाट बुधबार प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले मोरङको रंगेलीबाट शारिरीक र मानसिक रुपमा फरक क्षमता भएकी युवतीलाई बलात्कार गरेको आरोपमा एक युवालाई पक्राउ गरेको छ ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit