
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले पछिल्लो समय वित्तिय प्रणालीमा देखिएको तरलता अभावले उद्योगीहरुले कामै गर्न नसक्ने अवस्था सृजना भएको बताएका छन् ।
उपाध्यक्ष श्रेष्ठले वित्तिय प्रणालीमा देखिएको तरलता अभावले उद्योगी व्यवसायीहरुले कामै गर्न नसक्ने अवस्था सृजना भएको बताएका छन् । उनले तरलता अभावका कारण उद्योगी व्यवसायीलाई बजारबाट पैसा उठाएर सामान पठाउनलाई उत्पादन लागत उच्च रुपमा बढेको बताएका छन् ।
उनले लागत खर्च बढ्दा बजारमा मूल्य वृद्धि समेत बढ्ने गरेको बताएका छन् । उनले अहिले बैंकहरुले विगतमा उद्योगीहरुलाई दिइरहेको कर्जा बराबरको पैसा दिन समेत नसक्ने अवस्था रहेको बताएका छन् । बिहिबार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उपाध्यक्ष श्रेष्ठले नेपाली बैंकहरुमा २-४ अर्ब पैसा भए पनि काँहा राखौं हुँदो रहेछ भने २-४ अर्ब पैसा कम हुँदा कहाँबाट पैसा ल्यायौं हुने गरेको बताएका छन् ।
उनले नेपाली व्यवसायीलाई विश्वास गरेर अन्य देशबाट उधारोमा सामान पठाउने गरे तापनि भन्सारमा समस्या रहेको बताएका छन् । यसरी नेपालमा सामान आउँदा नेपालको आपूर्तिलाई समेत चलायमान र सहज बनाउने गरेको बताएका छन् ।
‘पछिल्लो समय वित्तीय प्रणालीमा आएको तरलता अभावको कारण उद्योगी व्यवसायीले काम गर्ने नसक्ने स्थितीमा पुगेका छौं । नेपाली बैंकको अवस्था पछिल्लो समय बैंकहरुमा २÷४ अर्ब पैसा भए कँहा लगेर राखौ राखौं हुँदो रहेछ भने २-४ अर्ब पैसा नभए कँहाबाट ल्यायौं हुने अवस्थामा पुगेका छन् । त्यसकारणले बैंकलाई वलियो बनाउने काम नियमन निकाय राष्ट्र बैंकले धेरै कामहरु गरिरहेको छ’ उनले भने ।
‘तरलता अभावले उद्योगी व्यवसायीहरुलाई बजारमा पैसा उठाएर सामान पठाउन आफ्नो उत्पादनको लागत बढ्दै गएको छ। अहिले बैंकहरुमा तरलता कम भयो भनेर विगतमा उद्योगीलाई दिइरहेको कर्जा बराबरको कर्जा माग गर्दा समेत दुई चार दिन पर्खनु पर्ने स्थिति रहेको छ। त्यस्तै तरलताको कारण विदेशबाट भन्सारमा आएको सामानमा समेत समस्या रहेको छ। नेपालमा भारतबाट दैनिक २५ सय ट्रक सामान आउने गरेको छ । त्यो पनि आधा भन्दा बढी उधारोमा आउने गर्दछ । यसले गर्दा मुलुकको आपूर्तिलाई चलायमान र सहज बनाउने काम गर्दछ’ उनले भने ।
त्यस्तै, उनले बजारमा तरलता चरम अभाव रहेको अवस्थामा राष्ट्र बैंकले व्यवसायीलाई समस्या पर्ने गरी सामान आयातमा कडाइ गरी शतप्रतिशत बैंकमा मार्जिन राख्नु पर्ने व्यवस्था गर्नु गलत भएको बताएका छन् । उनले तरलता अभावको कारण बैंकमा पैसा छैन्,उद्योगीहरुले बैंकबाट नै कर्जा लिने हो भने सामान आयातमा व्यवसायीले बैंकमा पैसा जम्मा गर्नु नसक्ने बताएका छन् ।
‘अहिले नेपाली उद्योगको लागि विदेशबाट कच्चा पदार्थ माग गरिएका हुन्छन्। तर पैसा दिन ढिला भयो । आयातकर्ताले पनि सामान बिक्रिको लागि माग ग¥यो । अब अर्को मगाउनको लागि व्यवसासीलाई १०० प्रतिशत बैंकमा पैसा जम्मा गर्नु राष्ट्र बैंकले निर्देशन दिएको छ । यस्तो तरलता चरम अभावको अवस्थामा उद्योगीले कँहाबाट पैसा ल्याउने । उद्योगीहरुले पनि बजारमा सामान उदारोमा दिएका हुन्छन्’ उनले भने ।
‘यसरी व्यापारीलाई सामान दिएर उपभोक्ताले किने पछि मात्रै पैसा उद्योगीकोमा आउँछ । यस्तो निर्णयले सरकारले पाउनु पर्ने राजश्वमा कमी तथा उद्योगका कर्मचारीलाई तलब खुवाउन समेत समस्या हुने गरेको छ । यसरी राष्ट्र बैंकले १०० प्रतिशत मार्जिन जम्मा गर्नु पर्ने नीतिले अझ व्यवसाय चल्न नसक्ने अवस्थामा हुन्छ। यो लोमा समयको लागि नहोस भनेर व्यवसायीहरुले विरोध नगरिएको हो । लामो समयको लागि नीति लागू हुन हुँदैन। यो निर्णय हचुवाको भरमा गरिएको हो’ उनले भने ।
उनले सरकारले भएको बजेट समयमा खर्च गर्न सके मात्रै लक्ष्य अनुसारको आर्थिक वृद्धिदर पुग्न सक्ने बताएका छन् । अहिले कै स्थितिमा भने लक्ष्य हासिल गर्न नसक्ने बताएका छन् । त्यस्तै, सरकारले लक्ष्य भन्दा दोब्बर राजस्व उठाउने लक्ष्य पनि पुरा नहुने उनले बताएका छन् । उनले सरकारले नीजी क्षेत्रका सरोकारवाल निकायसँग तथा योजना आयोगसँगको समन्य विना योजना बनाउँदा अहिलेको अवस्था आएको बताएका छन् ।
उनले अहिलेको मुलुकको अर्थतन्त्र अर्थशास्त्रीहरुले भने जस्तो नभएको बताएका छन् । उनले कोरोना महामारी पछि सबै उद्योगी व्यवसायहरु पुर्णरुपमा चलायमान भएकाले अर्थतन्त्र चलायमान नै रहेको छ तर, बजारमा तरलता लगायतका समस्या रहेको बताएका छन् ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit